हेटौँडा । काठमाडौं जाने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ। मंगलबार राति सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ३ मालटारमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।अन्दाजी १०।१५ मिटर माथिबाट पहिरो खसेको जनाइएको छ। अहिले पहिरो पन्छयाउन काम भइरहेको प्रहरीले जनाइएको छ ।








