• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नेपाल भाषासहित राष्ट्रिय भाषामा समाचार सेवा सम्प्रेषण गर्न अनुरोध

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल भाषासम्बद्ध प्राज्ञिक तथा आमसञ्चार क्षेत्रका अगुवाहरूले नेपाल भाषासहित प्रमुख राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्न राष्ट्रिय समाचार समिति (रासस) समक्ष अनुरोध गर्नुभएको छ । नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दर, सन्ध्या टाइम्स पिथना प्रालिका अध्यक्ष रमेशकाजी स्थापित, नेपाल भाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरलगायतका नेपाल भाषा संरक्षण तथा प्रवर्द्धन अभियानमा क्रियाशील व्यक्तित्वहरूले आज राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग भेटगरी संविधानको मर्म र भावनाबमोजिम राष्ट्रिय भाषामा पनि समाचार सेवा प्रवाह गर्न राससको ध्यानाकर्षण गर्नुभएको हो ।

    भेटघाटका क्रममा राससका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका भाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दरले संविधानमा व्यवस्था भएको समावेशी सिद्धान्तलाई आत्मसाथ गरी देशभित्र सबैभन्दा धेरै बोलिने नेपाल भाषा, मैथिली, भोजपुरीलगायतका भाषामा क्रमशः समाचार सेवा सञ्चालन गर्न रासस नेतृत्वसमक्ष अनुरोध गर्नुभयो । मुलुकको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै नेपाल भाषासम्बद्ध अभियन्ताहरूले विभिन्न भाषामा समाचार सम्प्रेषण गर्ने सोचका साथ अघि बढेको वर्तमान रासस नेतृत्वलाई सहयोग गर्न आफूहरू सदैव तयार रहेको स्पष्ट गर्नुभयो ।

    राससका कार्यकारी अध्यक्ष झाले राष्ट्रिय भाषाको संरक्षण र प्रवर्द्धनका लागि समाचार सामग्री उत्पादनमा जोड दिनुपर्ने खाँचो औँल्याउँदै देशभित्र भाषा प्रयोग गर्ने व्यक्ति र आमसञ्चार माध्यम समेतका दृष्टिले नेपाल भाषा र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने सोचका साथ छलफल प्रक्रिया अघि बढाइएको स्पष्ट गर्नुभयो ।

    उहाँले आर्थिक कठिनाइ व्यहोरिरहेका विशेषगरी साना लगानी र राष्ट्रिय भाषाका आमसञ्चार माध्यमलाई बचाउने दायित्व राज्यको भएकाले त्यसका लागि आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित विभिन्न स्थानीय तहहरूमा निरन्तररूपमा वकालत गरिरहेको जानकारी दिनुभयो । बदलिँदो परिवेशलाई आत्मसाथ गरी राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्ने पक्षमा रासस रहेको स्पष्ट गर्दै अध्यक्ष झाले स्रोत सुनिश्चित भएसँगै नेपाल भाषा र मैथिली भाषामा समाचार सेवा सञ्चालन गरिने स्पष्ट गर्नुभयो ।

    उहाँले राष्ट्रिय भाषामा समाचार सेवा सञ्चालन गर्ने प्रक्रियामा रहेको राससलाई सहयोग गर्न तराईका केही पालिका इच्छुक रहेको जानकारी दिँदै काठमाडौँ उपत्यकाभित्रका पालिकाहरूबाट पनि आवश्यक साथ, सहयोग प्राप्त हुने वातावरण तयार गरिदिनुहुन नेपाल भाषासम्बद्ध सङ्घ, संस्था र अभियन्तासँग अनुरोध गर्नुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.