• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो ।

    तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो ।

    “हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन । वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ”, उहाँले भन्नुभयो, “सामान्य रुपले हेर्दा राम्रो गुणस्तरकै सुनजस्तो देखिन्छ । तर वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौँ ।” राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन ।

    गालीसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ । जुनसुकै अवैध सामग्री बरामद भएपछि त्यो स्वतः सरकारको स्वामित्वमा जान्छ र त्यस्तो सामग्री के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय लिन्छ । सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र बैंकले किन्ने गरेको छ ।

    सुन तस्करीबारे अनुसन्धान जारी छ । सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । रासस

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.