• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कालिकामा करिब २८ सय पशुलाई भ्याक्सिन लगाइ सक्यो,आजदेखि पदमपुर सेक्टरमा प्राविधिक सहितको टोली परिचालन

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । पशुमा लाग्ने रोग लम्पी स्किन रोग नियन्त्रणका लागि कालिका नगरपालिका क्षेत्रमा २७ सय ९३ वटा पशुमा भ्याक्सिन (खोप )लगाई सकिएको कालिका नगरपालिकाको पशुसेवा कार्यालय प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभएको छ । साउन २५ गतेदेखि प्राविधिक सहितको टोली नगरपालिका अन्तर्गत प्रत्येक वडा वडामा पुगेर पशुहरुलाई भ्याक्सिन(खोप ) लगाउन खटिएका छन् । अहिले सम्म कालिका नगरपालिकाको वडा नं. १,६, ७ का पशुहरुमा भ्याक्सिन लगाई सकिएको छ भने वडा नं. ८,९ र १० मा भ्याक्सिन लगाउने क्रम सुरु भएको छ । यसैबीच आज( मंगलवार)देखि पदमपुर सेक्टरमा पनि भ्याक्सिन लगाउन सुरु भएको छ ।

    कालिका नगरपालिकाको वडा नं.२ बाट भ्याक्सिन लगाउन सुरु गरिएको हो । वडा कार्यालयसँगैको मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी भ्याक्सिन सेवाको बारेमा जानकारी समेत दिएको छ । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले पशुपालनगर्ने कृषकहरुका लागि नगरपालिकाले पशुपालनगर्ने किसानहरुलाई थुर्पैखालको सेवा दिँदै आएको जानकारी दिनुभयो ।

    महामारीको रुपमा फैलिदैं आएको लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन भइरहेको निशुल्क भ्याक्सिन सेवासँगै पशुमा लाग्ने अन्य थुर्पै खालका रोगहरुको उपचार निशुल्क रुपमा गर्दै गएको बताउनुभयो । नगरक्षेत्रभित्रका पशुपालनगर्ने किसानहरुलाई पर्ने समस्याको विषयमा नगरपालिका अन्तर्गत पशुसेवा शाखा मार्फत स्थानीय तह सहयोगी बनेर उभिने गरेको बताउनुभयो । नगरपालिकाले दिँदै आएको सेवा सुविधाको विषयम किसानहरुले जानकारी पाउन नसक्दा सेवा सुविधावाट लाभ लिन नसकेको उहाँले बताउनुभयो ।

    पदमपुरमा किसानहरुको दुग्ध संकलनगर्दै आएको पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले नगरपालिकावाट दिइने सेवा सुविधाको विषयमा सबै किसानहरुलाई जानकारी दिन समेत वडा अध्यक्ष पौडेलले आग्रह सहकारीलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले किसानहरुको पक्षमा स्थानीय तह सधै सक्रिय भएर लाग्ने बताउनुभयो । देशैभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन विरुद्धको खोप लगाउन नगरपालिका सफल भएको उहाँले बताउनुभयो ।

    कयौं स्थानीय तहले यो विषयमा मेसो समेत नपाएको बेला हाम्रो प्राविधिक सहितको टिम किसानहरुको गोठगोठमा पुगेर सेवा दिन सक्नु सामान्य होइन उहाँले भन्नुभयो । यसले पशुमा लाग्ने रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले भदौं १० गते सम्म सबै किसानहरुको गोठगोठमा पुगेर भ्याक्सिन सेवा दिइ सक्ने लक्षय रहेको बताउनुभयो । आजवाट पदमपुर सेक्टर अन्तर्गत कालिका नगरपालिकाको वडा नं. २,३,४, ५ मा भ्याक्सिन लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    १० जना प्राविधिक सहितको टोली कुनैपनि घर नछुट्ने गरी परिचालन भएका छन् । पदमपुर सेक्टरमा पर्सी सम्ममा सक्ने योजना छ । त्यसपछि कालिकाको वडा नं. ११ तर्फ टोली परिचालन हुनेछ । प्राविधिक सहितको टोलीघरघरमै पुगेर गोठको अवस्था समेत निरीक्षणगरिरहेका छन् । नगरपालिकाले ८ हजार पशुलाई भ्याक्सीन लगाउने लक्ष्य लिएको छ ।

    कालिकामा गाई,भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ । नगरक्षेत्रका सबै वडामा लम्पी स्किनको संक्रमण देखिएको पशु शाखा प्रमुख पौडेलले बताउनुभयो । पौडेलका अनुसार यो रोगको संक्रमणवाट नगरक्षेत्रमा ११ वटा गाई मरेका छन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.