• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

जिल्ला हुलाकबाट एक करोडभन्दा बढी राजश्व

  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट रु एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट रु ८६ लाख ३० हजार एक सय एक, भन्सार महसुल आयातबाट रु नौ लाख ९३ हजार ७४, रेडियो एफएफ सञ्चालन दस्तुरबाट रु ४४ हजार, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय रु ५४ हजार राजस्व सङ्कलन भएको छ ।

    त्यसैगरी अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने दस्तुर रु १५ लाख ६१ हजार ६१ सङ्कलन भएको छ भने यहाँको टेलिभिजन सञ्चालन गरेको दस्तुर रु २५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । गत आवमा कार्यालयले १० लाख ७३ हजार एक सय थान टिकट बिक्री गरी रु ९८ लाख ३४ हजार सात सय ६५ आम्दानी गरेको छ । जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

    यस कार्यालयबाट गत आवमा रु ५१ लाख नौ हजार छ सय ७७ लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी गरिएको छ । यहाँका तीन दैनिक पत्रपत्रिकालाई रु ११ लाख ७२ हजार छ सय ९०, आठ साप्ताहिक पत्रिकालाई रु १९ लाख ८२ हजार नौ सय ५९ र एउटा द्विमासिक पत्रिकालाई रु एक लाख २० हजार सात सय ४९ भुक्तानी गरिएको छ । त्यसैगरी जिल्लाका चौध एफएम रेडियोलाई रु १५ लाख ९० हजार छ सय ९२ र एउटा टेलिभिजनलाई रु दुई लाख ४२ हजार पाँच सय ८५ भुक्तानी गरिएको छ ।

    कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख ज्ञवाली बताउनुहुन्छ । लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उहाँको भनाइ छ । जिल्ला हुलाक कार्यालयले गत वर्ष ४४ हजार ८४ हुलाक वस्तु देशभित्र र सात सय २३ विदेश पठाएको छ ।

    त्यसैगरी ३५ हजार २३ हुलाक वस्तु देशभित्रबाट र १० हजार आठ सय ३८ विदेशबाट हुलाक वस्तु आएको छ । हाल जिल्ला हुलाक कार्यालयले पूर्व–पश्चिम डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल १३ इलाका हुलाक र २५ अतिरिक्त हुलाक कार्यालय छन् । पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.