• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगरमा कृषि र पशुपालनको लागि प्राविधिक सेवा सुभारम्भ

  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पू्र्वी चितवनको रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरेको छ । नगर गौरवको योजना अन्तर्गत गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि प्राविधिक सेवा सुरु गरेको हो । वडा नं ८ को कार्यालयमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले प्राविधिक सेवाको उद्घाटन गरेका छन् ।

    सो अबसरमा मेयर सापकोटाले कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरु गरिएको बताए । प्राविधिक सेवा सञ्चनलनको लागि नगरपालिकाले चालु आबमा ८० लाख रूपैया विनियोजन गरेको मेयर सापकोटाले जानकारी दिए । पशुपालनको विकास गरि दूध उत्पादन बढाउन घाँसमा प्रतिकठ्ठा दुई हजार र दुधमा प्रतिलिटर एक रुपैया अनुदान रकम वितरण भन्दै उनले चालू आबबाट भेटेरिनरी सेवा सुरु गरिएको बताए । उनले कृषिक्षेत्रमा उत्पादन बढाउन किसानहरुलाई ५० प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिए ।

    सो कार्यक्रम अन्तर्गत १६ वटै वडामा महिनाको एक पटक विज्ञ सहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने छन् । प्राविधिक सेवाको उपलब्धताको लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरि व्यवस्था मिलाइएको आर्थिक विकास समितिका अध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । कृषि तर्फ जैविक विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । पशुपालन तर्फ नगरपालिकाले नियमित रुपमा किसानलाई उपलब्ध गराउने प्रदान गरिने छ ।

    कृषिमा तीन जना र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको खरेलले बताए । गोठ र खेतमा पुगेका प्राविधिकहरुले उपचारसंगै किसानलाई आवश्यक परामर्श सेवा समेत उपलब्ध गराउने छन् । पशुपालन तर्फ रत्ननगरमा ११५ वटा गाईफर्म र २५ वटा व्यवसायिक भैंसी फर्म रहेका छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको पशुशाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । कृषि तर्फ रत्ननगरमा १५ हजार किसानहरुले खेती गर्दै आएका छन् ।

    यहाँ बार्षिक १० हजार मेट्रिकटन धान, ७ हजार मेट्रिकटन मकै, ४ हजार मेट्रिकटन केरा, एक हजार मेट्रिकटन तोरी र ३० हजार मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको कृषि विकास अधिकृत प्रविन लामाले जानकारी दिए । वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बिज्ञ सल्लहाकार रामहरि न्यौपाने, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, रामकुमार चौधरी, बालकृष्ण चापागाईँ, किरण चौधरी, सजना महतो, अनन्त अधिकारी, सुवास घिमिरे, होमनाथ रानाभाट,सुन्दरमणि सुवेदी, हेमराज थापा,कार्यपालिका सदस्य देबेन्द्र भूजेल लगायतको उपस्थिति रहेको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.