• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

देशमै पहिलो पूर्ण सहकारी सदस्य वडा बन्यो नवलपुरको गैँडाकोट ९

  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ९ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकूको कार्यक्रममा गैँडाकोट ९ लाई देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गर्नुभएको हो ।

    गैँडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले बताउनुभयो । गैँडाकोट ९ मा २ हजार १ सय ८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये १४ सय जनसंख्या विकूमा आवद्ध रहेका छन् । १ सय ९६ जना आकुरा सदस्य पनि विकूमा आवद्ध रहेको सचिव सापकोटाले बताउनुभयो । गैँडाकोट ९ का ४ सय ९२ घरधुरी मध्ये अहिले विकू सहकारीमा ४ सय ७० घरधुरीको आवद्धता रहेको छ ।

    घोषणा कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताउनुभयो । उहाँले सहकारीले आफ्नो ध्येयलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो र विकूले सहकारी क्षेत्रमा सदस्यमैत्री बनेर गरेका उत्कृष्ट कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट ९ भाग्यमानी वडा भएको बताउनुभयो । सहकारी अभियानमा उत्कृष्ट रहेको नगरको विकूले देशमै पहिलोपटक पूर्ण सहकारी वडा घोषणा गर्नु सबैको लागि खुसीको कुरा भएको बताउनुभयो ।

    विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाले आफै केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरु रहेकाले पूर्ण सदस्य वडा घोषणा गरिएको बताउनुभयो । पूर्ण वडा घोषणा सँगै आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने उहाँको भनाई छ ।

    गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले आफ्नै वडाबाट पूर्ण सहकारी वडा घोषणा हुँदा खुसी लागेको बताउनुभयो । उहाँले विकूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनुभएको छ ।

    विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो । यसरी देशमै पहिलो सहकारीले पूर्ण सहकारी सदस्य वडा घोषणा गर्न पाउनु विकूको लागि गौरवको विषय भएको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. नवलपुरका अध्यक्ष होमनाथ जैसी, नवजागरण सेवा केन्द्र संयोजक हरिप्रसाद सापकोटा, विकू सहकारीका लेखा सुपरिवेक्षण समीति संयोजक कमल सुबेदी, संस्थापक अध्यक्ष खेमराज सापकोटा, गैँडाकोटका बिभिन्न वडाका जनप्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    स्वागत मन्तव्य विकूका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नुभएको थियो ।

    वडामा रहेको नवजागरण सेवा केन्द्र, विकूका २४ वटा सेवा केन्द्र मध्ये तीनपटक सम्म उत्कृष्ट सेवा केन्द्रका रुपमा समेत पुरस्कृत भइसकेको सेवा केन्द्र हो । यहाँका कर्मचारी र व्यवस्थापन उप समितिको सक्रियताले वडाका सबै विकूका सदस्य बनेका हुन् ।

    विकूले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । यो विकू सदस्य वडा घोषणा कार्यक्रम पनि त्यसै मध्येको एक हो । यस्तै भदौ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै भदौ ५ गते कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम (पिओएस मेशिन शुभारम्भ) र दीप प्रज्ज्वलनका कार्यक्रम तय गरीएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.