• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नयाँपुस्ता आरन पेशाप्रति आकर्षित देखिँदैनन् । परम्परागत पेसा छाडेर युवा विदेशिनेक्रम बढ्दो क्रममा गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा राजकुमार दैनिकजसो फलामका सामग्री बनाएको अवस्थामा भेटिनुहुन्छ । पृथ्वीराजमार्गबाट करिब ५० मिटर माथि जस्तापाताले बार छाएको एउटा सानो छाप्रोमा ४१ वर्षीय उहाँले आफ्नो भविष्य यही पेसामा खोज्नुभएको हो । “आगोको रापमा बसेर काम गर्न सजिलो छैन ।

    कमाई पनि त्यति राम्रो हुँदैन”, पसिना पुछ्दै राजकुमार थप्नुहुन्छ, “मासिक रु ४० हजारको हाराहारीमा कमाई हुन्छ ।” उहाँ हँसिया, खुर्पा, कोदालो, खुकुरी, दाउलगायत बनाउने गर्नुहुन्छ । राजकुमारका ग्राहक चितवन, धादिङ, गोरखा तनहुँसम्मका छन् । नयाँ सामग्री बनाएर गाउँ लगेर बेच्नुहुने उहाँ हँसिया अर्जापेको रु एकसय, कोदालीको रु ७० लिनुहुन्छ । नयाँ हँसियालाई रु चार सय देखि रु पाँच सयसम्ममा बेच्ने गरेको राजकुमार सुनाउनुहुन्छ । मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसामा आकर्षण विस्तारै घट्दै गएको उहाँ बताउनुहुन्छ ।

    “पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अझै अघि बढेको देखिँदैन । आगोको तातो रापमा बस्न कठिन छ । धेरैले यो व्यवसाय गर्दैनन्”, उहाँ भन्नुहुन्छ, “कमाई पनि भनेजस्तो छैन राजकुमारलाई अहिले छोराले सहयोग गरिरहेका छन् ।” कसरी लाग्नुभयो राजकुमार आरन पेसामा राजकुमारले आरन व्यवसाय थालेको जम्मा पाँच वर्ष पुग्यो । आरन व्यवसाय सुरु गर्नुभन्दा पहिले उहाँले साउदीमा तीन वर्ष बिताउनुभयो । “साउदीमा राम्रै कमाई थियो । स्वदेशमै केही उद्देश्यका साथ फर्किए”, राजकुमार भन्नुहुन्छ, “चुनौतीकाबीच आरन पेसा अँगालेको छु ।”

    उहाँले १० वर्ष काठमाडौँमा फलामका सामग्री बनाउने कम्पनीमा काम गर्नुभएको थियो । त्यहाँ राम्रो कमाई नभएपछि फिस्लिङ आएर आरन व्यवसाय गर्न थाल्नुभएको हो । “सानैदेखि मैले यो पेसा जानेको होइन । दस वर्ष काठमाडौँमा बस्दा सिकेँ । बढी काम गर्नुपर्ने, पैसा पनि धेरै भएन”, उहाँ भन्नुहुन्छ, “बरु आफ्नै व्यवसाय सुरु गर्छु भनेर यता लागेँ ।” यसबाट परिवार पाल्न सकेकामा सन्तुष्ट नै रहेको राजकुमार बताउनुहुन्छ । आरन पेसाको चुनौती गाउँघरमा कोइला पाउन मुश्किल छ ।

    बाहिरबाट ल्याउँदा कोइलाको मूल्य बढी लाग्ने उहाँ बताउनुहुन्छ । फलामको मूल्य बढ्दा पहिलेजस्तो घरेलु औजारको बिक्रीवितरण हुन छाडेको छ, खेती किसानी गर्ने मानिस पनि घट्दै गएकाले विगतमा जस्तो व्यापार नभएको राजकुमारको गुनासो छ । परम्परागत पेसालाई यहाँ युवापुस्ताले आधुनिकीकरण गरेको भेटिँदैन । यसका लागि ठूलो लगानी लाग्ने हुँदा राज्यले सहयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.