• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

खटिरे रोगले कागती किसान समस्यामा

  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ (चितवन) । विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै आएका उहाँ अहिले कागतीमा खटिरे रोग (क्याङ्कर) को समस्या देखिएपछि बजारमा लैजान नपाएको बताउनुहुन्छ । उत्पादनमा रोगको समस्या देखिएर बजार नपाउँदा भारतीय कागतीले बजार पाएको उहाँले गुनासोे गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कागतीमा क्याङ्करको समस्या आएपछि बिरुवा र फलमा वृद्धि विकास नहुने र उत्पादित फलले बजार नपाउने हुँदोरहेछ ।” यहाँका कागतीमा क्याङ्कर भएपछि बजारमा बिक्री हुन नसकेको भन्दै उहाँले भारतबाट एक नासका कागती आउने हुँदा यहाँको राम्रो उत्पादनले पनि बजार पाउन नसकेको बताउनुभयो । कालिका नगरपालिका–२ पदमपुरका रामप्रसाद न्यौपानेले आफूले लगाएको कागतीको उत्पादनमा ५० प्रतिशत दानामा क्याङ्करको समस्या देखिएको बताउनुभयो । विसं २०७५ देखि कागतीखेती गर्दै आउनुभएका न्यौपानेले कागतीमा यस्ता खालका समस्या यो समयमा बर्सेनि आउने गरेको बताउनुभयो ।

    कागतीमा क्याङ्करको समस्याभन्दा पनि बजारको समस्या बढी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कागतीमा लागेको रोग त उपचार गरेर निको बनाइएला तर भारतीय कागती नेपाली बजारमा भित्रिएपछि हाम्रो उत्पादन थन्किने समस्या कसरी नियन्त्रण गर्ने ?” कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा लगाइएको कागती बालीमा ३० प्रतिशतमा क्याङ्करको सङ्क्रमण देखिएको छ । मौसममा आएको परिवर्तनले क्याङ्कर जीवाणुको सङ्क्रमण भएपछि यो रोग लाग्ने गर्दछ ।

    जिल्लामा लगाइएका प्रायःकागतीमा यो समस्या देखिएको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भरतपुरका बाली संरक्षण विज्ञ रमेशचन्द्र सुवेदीले जिल्लामा लगाइएका कागतीमध्ये उत्पादनको ३० प्रतिशतमा खटिरा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । समग्र जिल्लामा लागाइएको बाली हेर्दा खानै नमिल्ने गरी १० प्रतिशत, धरै असर नगरेको १० प्रतिशत र अलिकति असर देखिएको १० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषकले समयमै रोग किरा नियन्त्रणका उपाय अवलम्बन नगर्दा समस्या आएको हो ।” दाना लाग्ने समयमा नै यसको उपचार गर्न सके रोग नियन्त्रणमा आउने उहाँको भनाइ छ ।

    कृषि ज्ञानकेन्द्रका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यस रोगले पात, हाँगा र फलमा आक्रमण गर्ने गर्दछ । यस रोगका कारण फलको गुणस्तरमा कमी आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा यो रोगको जीवाणुले सङ्क्रमण गरेपछि पातको तल्लो तहमा साना गोलो उठेको पानीले भिजेको जस्तो दाग देखिन्छ, पछि पुरै बोटलाई यसले असर गर्दछ ।” यो रोगबाट बच्नका लागि रोगी बोटबाट बिरुवा उत्पादन गर्न नहुने, रोग सहनसक्ने जातका बिरुवा लगाउनुपर्ने, बगैँचामा काम गर्दा बोटलाई चोटपटक दिन नहुने र पातमा सुरुङ बनाउने लिफ माइनर किरालाई नियन्त्रण गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

    किराको व्यवस्थापनका लागि लार्भा हातले टिपेर फाल्ने, स्पाइनोसाड ४५ प्रतिशत एससी शून्य दशमलव चार मिलि प्रतिलिटर पानी वा स्पाइनोसाड दुई दशमलव पाँच प्रतिशत एससी एक दशमलव दुई मिलि प्रतिलिटर पानी वा इमामेक्टिन बेनजोएट पाँच प्रतिशत, एसजी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ २–३ पटकसम्म १५ दिनको फरकमा छर्कनुपर्ने उहाँले बताउनुभयो । जिल्लामा झन्डै २० बिघा क्षेत्रफलमा कागतीखेती गरिएको छ । कालिका नगरपािलका, राप्ती नगरपालिका र माडी क्षेत्रमा विशेष गरी कागतीखेती गरिन्छ । यहाँको उत्पादन चितवनसहित काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.