• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

‘आयातितका कारण स्थानीय दूधले बजार पाउन सकेन’

  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आयातित दूधका कारण जिल्लामा उत्पादित दूधले बजार पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डले आज यहाँ आयोजना गरेको छलफलका वक्ताहरूले विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन नसकेको बताउनुभयो ।

    आयातित दूधका कारण जिल्लामा उत्पादनसमेत कम हुँदै गएको उहाँहरुको भनाइ थियो । केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले सरकार किसानप्रति जिम्मेवार बन्न नसक्दा कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको बताउनुभयो । सीमा नाकामा गरिएको खुकुलोपनको फाइदा ठूला व्यवसायीले लिने गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “लम्पी स्कीनका कारण दूध उत्पादन घटेको समयसमेतमा यहाँको दूधले बजार पाउन सकेको छैन ।”

    अहिले उत्पादित दूधले बजार नपाउनु र गोदाममा धुलो दूधको स्टक रहनुले यो समस्या बढ्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताउनुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डले कृषकलाई गर्ने व्यवहारका कराण कृषकको उत्पादित दूधले बजार पाउन नसकेको गुनासो उहाँले पोख्नुभयो । उहाँले भन्नुभयो, “बोर्डले दूधको मूल्यमा एकरुपता ल्याउनुपर्छ ।” नाकामा निगरानी नगर्दा भारतीय धुलो दूध ल्याएर नेपालमा घोलेर बेच्ने क्रम बढेको उहाँको भनाइ थियो ।

    मैदाको गाडीमा दूध अवैधरुपमा भित्रिइरहेकाले यसलाई रोक्न राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सरकारको कमजोरीका कारण कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको उहाँले बताउनुभयो । जिल्लाबाट दैनिक एक लाख ५० हजार लिटरभन्दा बढी दूध बाहिर जाने गरेको भए पनि अहिले यो घट्दो क्रममा रहेको र जिल्लाभित्रैसमेत खपत कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “सहकारीको दूध सङ्कलनमा दैनिक १६ हजार लिटरले कमी आएको छ ।”

    सङ्घका सचिव कल्याण अधिकारीले तीन महिना अघिसम्म उत्पादन र खपत बराबर भएकोमा अहिले आएर बिक्री नहुनुले कृषक चिन्तित भएको बताउनुभयो । कार्यक्रममा कृषक शिवलाल कँडेल, ऋषीराम चापागाईँ, नन्दलाल दाहाललगायतले अहिले देखिएको समस्यामा सरकार गम्भिर बनेर लाग्न सुझाव दिनुभयो । कार्यक्रममा पशु सेवा विभागकी सहसचिव डा सुलोचना श्रेष्ठ, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका डा सूर्यप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा वालक चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत राजन कार्कीलगायतले अहिले देखिएको समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    दूध खरिद गर्ने संस्थालाई दूधको मूल्यसूची टाँस्ने र आयातित दूधलाई नियन्त्रण गर्ने विषयमा कार्यालयले छलफल सुरु गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.