• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

धरानमा गोरुको हत्या गरी भोज खाएकोप्रति विश्व हिन्दु महासंघ चितवनको ध्यानाकर्षण

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । धरानमा तारिखमा रिहा भएका अपराधी सहितका समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोजप्रति विश्व हिन्दु महासंघ चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा धार्मिक द्वन्द्व निम्ताएको आपराधिक समूहले घटाएको सो घटना जघन्य आपराधिक गतिविधिको भएको भन्दै महासंघले भर्त्सना समेत गरेको छ ।

    सो घटनाको विरोधमा महासंघचितवनका अध्यक्ष प्रेम प्रसाद गैरे, केन्द्रिय सदस्य टंकनाथ पौडेल, केन्द्रिय सदस्य तथा विश्व हिन्दु युवा संघका अध्यक्ष घनश्याम पौडेल, गण्डकी नारायणी महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजसहितको पदाधिकारीले मंगलबार जिल्ला प्रशासन कार्यालय चितवन पुगेर ज्ञापनपत्र बुझाएका छन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र रानालाई सो ज्ञापनपत्र बुझाएका हुन् । गाई (गौ वंश) राष्ट्रिय जनावर मात्र नभई बहुसङ्ख्यक सनातनी हिन्दुहरूको आस्था एवं अन्तर आत्मासँग जोडिएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ वंशलाई भगवानको रुपमा पूजने गरेको छ । नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः वर्जित गरेको भएपनि आज गौ हत्याको घटना बढ्नु चिन्ताको विषय भन्दै घटनामा संलग्न अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कडा भन्दा कडा कानुनी कारबाहीको माग सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्रमालेखिएको छस् नेपाल अनादिकालदेखि नै वैदिक सनातन हिन्दू राष्ट्र हो । यहाँको समाज र शासन व्यवस्था परापूर्वकाल देखि पूर्वीय दर्शन र संस्कृतिमा आधारित छ । सदिऔं देखि यहाँका जातजातीहरु भातृत्वको सम्बन्ध कायम गरी सहिष्णुता व्यवहार गरी बसेको यहाँलाई अवगतै छ । विगत केही वर्षदेखि हाम्रो सनातन संस्कृति पूर्वीय दर्शन, संस्कार र वैदिक सनातन धर्म माथि विभिन्न बहानामा निरन्तर सड्यन्त्रपूर्वक तरिकाले आक्रमण भईरहेको परिपेक्ष्यमा जातीय, धार्मिक, साम्प्रदायीक सद्भाव भड्कने किसिमले सुनसरीको धरान लगायत देश भरका विभिन्न ठाउँमा सनातनीहरुले माताको रुपमा र आरध्यदेवीका रुपमा स्वीकारिएका गौवंशीय गौ माताहरु र भगवान शिवका वहानका रुपमा पूजीयका गौपुत्र नन्दी ( गोरु) हत्या गरी खाने सनातनीहरुलाई मान मर्दन हुने गरी सामाजिक संजालमा भिडियोहरु प्रसारण गर्ने जस्ता अवाञ्छित अमर्यादित गतिविधि गरी समाजमा द्वन्द मच्चाउने सामाजिक सहिष्णुता खल्बलाउने जस्ता कामहरु भैरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।

    एकातिर राष्ट्रको गहनाका रुपमा रहेको राष्ट्रिय जनावरको हत्या गर्नु संविधान विरोधी हो भने सनातन देखि चल्दै आएको परम्परा माथिको दमन हो । ८१५ भन्दा बढी जनसंख्या रहेको वैदिक सनातन हिन्दु धर्मालम्बीहरुको आस्था, विश्वास माथि निरन्तर प्रहार भईरहँदा अभिभावकको रुपमा रहेको सरकार मौन रहनु हाम्रा लागि दुःखद् कुरा हो ।

    संविधान विरोधी गतिविधि हुँदा सरकार मुखदर्शक बन्नुलाई हामीले अवाञ्चित गतिविधिको मतिहार भएको महसुस भएको छ । विश्व हिन्दु महासंघ सम्माननीयप्रधानमन्त्रीज्यू मार्फत नेपाल सरकारसँग तत्काल वैदिक सनातन हिन्दु धर्म, संस्कार र संस्कृति माथिको आक्रमण तत्काल रोकी संविधानतः दोषिलाई कारवाहीको माग गर्दछौं । ठाउँ ठाउँमा भएको गौ गौ वंशको भक्षण गरी भोज भतेर गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कायरहरुलाई तत्काल कारवाही गरियोस् ।

    राज्यले यि र यस्ता गतिविधि गर्ने नाइकेहरुलाई समयमै कारवाही नगरे रप्रलोभनमा पारी भईरहेको धर्मान्तरणको गतिविधि नरोके विश्व हिन्दू महासंघ वैदिक सनातन धर्ममा आस्था राख्ने नेपाली जनताहरुको साथ लिई सशक्त आन्दोलनमा होमिन बाध्य हुनेछ । हाम्रो धर्म, संस्कृति, परम्परा, रक्षार्थ गरिने क्रान्तिबाट उब्जने परिस्थितीको जिम्मेवारी राज्य पक्षले लिनुपर्नेछ ।

    नेपालको संविधान २०७२ को परिच्छेद २७ को ८५ बुँदामा स्पष्ट लेखिएको छ । कसैले गाई, गोरु मार्ने वा कुनै चोट पुयाउने नियतले कुनै काम गर्नु, गराउनु अपराध हो । सोही दफाको उपदफा २ र १ बमोजिमका कामहरुबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षको कैद सजाय हुनेछ भनी स्पष्ट लेखिएको छ ।

    त्यसैले गौमाता र गौ वंशको हत्या गर्नु, चोट पुऱ्याउनु संविधानतः अपराध हो । राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपनहो भन्ने हाम्रो बुझाई छ । अतः हाम्रा मागहरुलाई राज्यले तत्काल पुरा गरोस् भन्ने मागका साथ धार्मिक सहिष्णुता, जातीय सद्भाव कायम राख्नु राज्यको दायित्व हो ।

    तसर्थ, धरानमा गौ हत्या गरी भोजभतेर गरी गौ मंस खाने घटनाका नाइकेहरुलाई अभिलम्ब कानुनी कटघरामा ल्याई कानुन बमोजिम कारवाही गर्न विश्व हिन्दू महासंघ लगायत हामी धार्मिक संस्थाहरु जोडदार माग गर्दछौं । परिस्थितीलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलनको आधिबेहेरी ल्याउने चेतावनी दिदै परिस्थितीजन्य दुर्घटनाको जिम्मेवारी राज्य पक्ष हुने जानकारी गराउँदै वैद सनातन हिन्दू धर्म र संस्कृति माथिको आक्रमण तत्काल रोक्न माग गर्दछौं ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.