• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • १०. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

भरतपुरका अधिकांश मन्टेश्वरी मापदण्डविपरीत

  •   शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
  • सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाभित्रका अधिकांश प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र (मन्टेश्वरी) मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यहाँ रहेका मन्टेश्वरीमा महानगरको प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन निर्देशिका २०७६ को पालना नभएको पाइएको हो । महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले महानगरभित्रका मन्टेश्वरीले निर्देशिकाको पूर्णरुपमा पालना गर्न नसकेको बताउनुभयो । निर्देशिकाअनुसार मन्टेश्वरी सञ्चालनका लागि महानगरले अनुगमन निरीक्षण र निर्देशन दिने काम गरिरहेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हामीले सबैलाई निर्देशिकाको पालना गर्न भनेका छौँ तर कतिपय मन्टेश्वरीले न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन् ।” कतिपय मन्टेश्वरीलाई महानगरमा दर्ता गरेर निर्देशिकाअनुसार सञ्चालन गर्नुपर्छ भन्ने ज्ञानसमेत नभएको उहाँको भनाइ छ । महानगरपालिकाभित्र हाल ५० वटा मन्टेश्वरी दर्ता भइ सञ्चालनमा आइरहेको बताउँदै उहाँले अधिकांश मन्टेश्वरीले निर्देशिका पालना नगरी आवासीय घरको कोठाहरुमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

    निर्देशिका अनुसार मन्टेश्वरी सञ्चालनका लागि फराकिलो, खुला, शान्त, सुरक्षित भवन र खेल मैदान हुनुपर्छ । यस्तै बालउद्यान, सफा र स्वच्छ खानेपानी, खाजा खुवाउनेसहितको भान्छा घर, श्रव्य दृश्य तथा अन्य सिकाई सामग्रीको पर्याप्तता, सुरक्षाका उचित प्रबन्ध रहेको हुनुपर्ने छ । निर्देशिकामा भनिएको छ, “केन्द्र बालबालिकाको घरबाट १५ देखि २० मिनेटको पहुँचमा हुनुपर्ने छ । कम्तीमा प्रतिबालबालिकाका लागि दुई वर्गमिटरको कोठा र आठ फिट उचाइ, उज्यालो ढोका र झ्याल भएको कोठा हुनुपर्ने छ ।”

    बालबालिकाको स्वास्थ्य अनुकूल तापक्रम भएको, मन्टेश्वरी सञ्चालन गर्ने भवनको चारैतर्फ खुला र अन्य कुनै पनि घर जोडिएको हुन नहुने उल्लेख छ । शान्त वातावरणमा उज्यालो तथा दोहोरो हावा बहन गर्नसक्ने कोठा हुनुपर्ने निर्देशिकामा लेखिएको छ । बालबालिकालाई स्वतन्त्ररुपले बस्न, चल्न खेल्न तथा सुत्न पुग्ने कोठा हुनुपर्ने, प्रत्येक कक्षा कोठामा पाँच जनाको पाँच वटा सानो समूह र २० देखि २५ बालबालिकाको ठूलो समूहलाई स्वतन्त्ररुपले बस्न, चल्न, खेल्न, नाच्न घेरामा बसेर छलफल गर्न उपयुक्त ठाउँ हुनुपर्ने व्यवस्था छ ।

    मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्यरुपमा भूई तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा लेखिएको छ, “भवनले ओगटेको जमिनको भागको कम्तीमा दुई तिहाइ खाली जमिन खेल मैदानको रुपमा हुनुपर्ने छ ।” मेन्टेश्वरीले सवारी साधनको प्रयोग गर्न नपाउने भए पनि महानगरभित्र अधिकांशले सवारी साधनको प्रयोग गर्ने गरेका छन् । महाशाखाकी अधिकृत अनिमा घिमिरेका अनुसार महानगरभित्र छ वटा मन्टेश्वरी दर्ताको क्रममा रहेको छ । उहाँले भन्नुभयो, “हामी निरीक्षणमा जाँदा मापदण्डअनुसार चलेको मन्टेश्वरी खासै भेटिएको छैन तर पुरानालाई हटाउन सक्ने अवस्था पनि छैन ।”

    निर्देशिका बन्नु अगाडि सञ्चालनमा आएका मन्टेश्वरीलाई निर्देशिकाको पालना गर्न भनिएको बताउँदै उहाँले एउटा मन्टेश्वरी रहेको स्थानबाट पाँच सय मिटर वरिपरि मन्टेश्वरी खोल्न नपाउने व्यवस्था महानगरले गरेको बताउनुभयो । विसं २०७६ मा जारी भएको निर्देशिका कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले सुरुआती समय भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने भएको बताउनुभयो । मन्टेश्वरीको नामकरण गर्दा राष्ट्रिय महत्वको भौगोलिक, धार्मिक वा ऐतिहासिकस्थल, राष्ट्रिय विभूति, राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वको नाम राख्नुपर्ने निर्देशिकामा उल्लेख भए पनि प्रायः मन्टेश्वरीले एकै प्रकारका विदेशी नाम राखेको पाइएको उहाँको भनाइ छ ।

    शिक्षाविद् रमाकान्त सापकोटाले मन्टेश्वरी बालबालिकाका लागि दोस्रो घर हुनुपर्ने भन्दै शिक्षण विधिअनुसार सञ्चालन हुनैपर्ने बताउनुभयो । बच्चाले घरमा भएका सबै कुरा मन्टेश्वरीमा पाउनुपर्छ भन्दै उहाँले भन्नुभयो, “मन्टेश्वरीमा गएर किताब पढ्ने होइन जीवन पढ्ने हो ।” खाने लगाउनेदेखि लिएर आचरण, सामाजिक संस्कारबारे बालबालिकालाई मन्टेश्वरीमा सिकाइनुपर्ने उहाँले बताउनुभयो । बालबालिकाको चाहना र मनोविज्ञानअनुसार सहयोगी शिक्षकले सिकाउनुपर्ने उहाँको भनाइ छ ।

    निरीक्षणका क्रममा जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास शिक्षा राम्रो रहेको बताउँदै उहाँले चार जना बालबालिका बराबर एक सहयोगी शिक्षक हुनुपर्ने बताउनुभयो । बालबालिकाको मन प्रत्येक १० मिनेटमा परिवर्तन हुने भन्दै उहाँले मन्टेश्वरीमा दिनैभरि बालबालिकालाई राख्न नहुने उहाँको भनाइ छ । उहाँले बालबालिकालाई मन्टेश्वरीमा तीनदेखि पाँच घण्टाभन्दा बढी राख्न नहुने बताउनुभयो ।  (रासस)

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.