• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पूर्णिमायाको न्यायका लागि चितवनका गुरूङ एकै ठाउँमा ह्युल छोँज धीँ र प्ये ल्हु संघद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका गुरूङहरूले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई तत्काल कारवाही गर्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत छवि धमिल्याउने काम गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको आडमा प्रमुख जिल्ला अधिकारी थापाको ध्यानाकर्षण गराएकी हुन्।

    उनले गत बिहीबार चितवन प्रहरीमा उपाध्यायविरूद्ध उजुरी दिइसकेकी छन्। धरानमा गोरु खाएको विषयले सामाजिक सञ्जाल तात्तिनुका साथै सडकमा आन्दोलनकै स्थिति सिर्जना हुँदा शान्त चितवनलाई उचाल्ने काम गरेको भन्दै उपाध्यायलाई कानुनअनुसार हदैसम्मको कारवाही गर्न पनि पूर्णिमायाले माग गरेकी छन्। शान्त र सुरक्षित समाजलाई बिथोलेर अशान्ति मच्चाउने काममा लागेको भन्दै त्यस्ता व्यक्तिबाट अन्य व्यक्ति पनि पीडित हुन सक्ने हुँदा बेलैमा सचेत हुनुपर्ने पूर्णिमायाको भनाइ छ।

    तनहुँको देवघाटमा आफन्तको भोजमा जाँदा २०७८ साल फागुन ८ गतेको रमाइलो गरेको विषयलाई छोटो भिडियो बनाएर आफ्नो टिकटकमा पोष्ट गरेकी पूर्णिमायाको उक्त भिडियोलाई केही दिनअघि भीम उपाध्यायलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो बनाएर ‘गोरु खाने धराने’ भनेर सार्वजनिक गरिदिएका थिए। उक्त घटनापछि पूर्णिमायाले पटकपटक तस्बिर हटाउन आग्रह गरे पनि नसुनेपछि कानुनी उपचारकै बाटो अपनाउन बाध्य भएको उनले बताइन्।

    पूर्णिमायालाई न्याय दिलाउनका लागि चितवनमा रहेका गुरूङ समुदायको दुईवटा संस्थाले पनि साथ दिँदै आएको छ। घटना बाहिर आइसकेपछि दुवै संस्थाबीच आइतबार बैठक बसेर आन्दोलनको बाटो अपनाएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्। ‘भोलिका दिनमा तपाईँ हामीमाथि पनि यस्तो घटना हुन सक्छ। त्यसैले हामी अहिल्यैदेखि सचेत बन्नु आवश्यक छ,’ उनले भनिन्। प्ये ल्हु संघ चितवनका अध्यक्ष लालप्रसाद गुरूङले भीम उपाध्यायविरूद्ध चितवनका गुरूङहरूले पहिलो चरणको आन्दोलनको थालनी गरेको बताए।

    यो आन्दोलनलाई प्रहरी र प्रशासनले वास्ता नगरे चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै जाने चेतावनी दिए। उता भीम उपाध्यायले भने पूर्णिमायासँग टेलिफोन बार्तामार्फत समस्या समाधान गरिसकेको दाबी गर्दै आएका छन्। त्यसयता आफूले गल्ती गरेको स्वीकार गर्दै फेसबुकमा राखेको पोष्ट पनि हटाइसकेको बताएका छन्। उनले दुई पक्षबीच कुरा मिलिसकेको हुँदा तेस्रो पक्षलाई बीचमा नआउन समेत आग्रह गरेका छन्। तर, पूर्णिमायाले भने फोनको भरमा माफी दिन नसक्ने भन्दै कानुनी बाटोमा अगाडि बढिसकेको बताउँदै आएकी छन्।

    ‘त्यतिका दिनसम्म सहेर बस्दा मेरो हालत के भयो होला भनेर ध्यान नपुर्‍याउनेलाई अहिले आएर फोनमा लम्पसार पर्दैमा माफी दिन सक्दिनँ,’ उनले भनिन्। वुद्धिजिवी क्षेत्रकै व्यक्तिबाट चरित्र हत्या होला भनेर कहिल्यै कल्पना नगरेको बताउँदै उनले थपिन्, ‘त्यसैले भीम उपाध्यायलाई जे गर्छ, कानुनले गर्छ।’ उनले यो विषय भीम उपाध्यायसँग जोडिएको विषय हुँदा घटनालाई तोडमोड गरी कुनै पनि जाति, धर्म र सम्प्रदायसँग नजोडिदिन पनि आग्रह गरेकी छन्। ‘मेरो लडाइँ एक जना व्यक्तिसँग हो। भीम उपाध्यायसँग हो। त्यसैले कुनै जाति, सम्प्रदाय र धर्मसँग होइन,’ उनले भनिन्।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.