• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

हिलाम्ये सडकमा सकसपूर्ण यात्रा

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन् । कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब दुई घण्टा लाग्ने गरेको गुनासो गर्नुहुन्छ ।

    “दूरीको हिसाबले जम्मा ३० किलोमिटर छ, कावासोतीबाट मोटरसाइकल लिएर नारायणगढ पुग्दा दुई घण्टा लाग्छ”, उहाँ भन्नुुहुन्छ, “सडकमा ठूल्ठूला खाल्डा बनेका छन्, पानी परेको बेलामा खाल्डा नदेख्दा बाइक ती खाल्डोमा पर्छ ।” बर्खाको समयमा सडकमा बनेका खाल्डाखुल्डी नपुरिदिँदा साना सवारीसाधनलाई यस सडकमा आवतजावत गर्नै समस्या हुने गरेको व्यवसायी सुवेदी बताउनुहुन्छ । “पसलको सामान लिन नारायणगढ पुग्यो, उहाँ पुग्दा पूरै हिलैहिलो भइन्छ”, उहाँ भन्नुहुन्छ, “आफ्नै सवारीसाधनमा जाँदा त दुई घण्टा लाग्छ, यस मार्गमा चल्ने बसमा नारायणगढ पुगेर आउँदा पूरै दिन लाग्छ ।”

    बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ । नारायणगढ–नेपालगञ्ज मार्गमा चल्ने यात्रुवाहक बसका सञ्चालक यदुनाथ खरेल यो बाटोमा नयाँ गाडी हालेको एक वर्षमै पुरानो भएको गुनासो गर्नुहुन्छ । “सडकको अवस्था खराब छ, यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन नसक्नु अर्को पीडा छ”, उहाँ अगाडि थप्नुहन्छ, “त्यसमाथि एक–दुईपटक अपनडाउन गरेपछि बस पत्रु हुन्छ र सर्भिसिङ गर्नुपर्ने अवस्था आउँछ ।” सडकका खाल्डाखुल्डीका कारण पार्टपुर्जा बिग्रिने र भाँचिने समस्या समेत आउने गरेको सञ्चालक खरेलको भनाइ छ ।

    “सडकमा जमेको पानीका कारण खाल्डोमा गाडी पर्दा बडी (बसको तल्लो भाग) ठोक्किन्छ, त्यो बेलामा मनै चसक्क हुन्छ”, उहाँ भन्नुहुन्छ, “लाखौँ रुपैयाँ खर्चेर किनेको गाडी ढुङ्गामा ठोक्किँदा असाध्यै पीडा हुन्छ । गाडी नचलाएर पनि भएन ।” “नारायणगढबाट बुटवलसम्मको एक सय १३ किलोमिटर सडक पार गर्न बर्खाको समयमा सात घण्टासम्म लाग्छ । सडक निर्माण गर्नुपर्ने अवस्थामा पुगे पनि खाल्डाखुल्डी पुरिदिए मात्र हामीलाई धेरै सहज हुने थियो”, सञ्चालक खरेल भन्नुहुन्छ, “यो सडकमा केही किलोमिटर मात्रै कालोपत्र देख्न सकिन्छ, बाँकी सबै खाल्डाखुल्डीमा यात्रा गर्नुपर्छ । सडक निर्माणमा ढिलाइ भएका कारण बस व्यवसायी तथा यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । ”

    सडक विस्तारको काम सुरु गर्नुअघिसम्म नारायणगढबाट बुटवल पुग्न जम्मा दुई घण्टा लाग्ने गरेको बस चालकहरु बताउँछन् । पछिल्लो दस वर्षदेखि यस सडकमा गाडी चलाउँदै आउनुभएका वीरबहादुर महतोले पहिले दैनिक तीन पटकसम्म गाडी चलाउने गरेकामा अहिले एकपटक आउन र जान पनि ढिला हुने गरेको बताउनहुन्छ । पाँच वर्ष अगाडिदेखि सुरु भएको सडकको दुरावस्था अझै समाधान नभएको उहाँको भनाइ छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.