• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसङ्ख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ । सङ्घीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्युवबेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

    कूल लागत रु ८६ लाख ५८ हजार दुई सयमध्ये उपभोक्ता समूहले रु तीन लाख ७१ हजार एक सय ९३ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ । वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसानै सङ्कटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताउनुभयो । सिँचाइका लागि निर्माण गरिएको डिप ट्युवबेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप विच्छ््याइएको जियोलोजिष्ट इञ्जिनियर कपिल महर्जनले बताउनुभयो ।

    उहाँकाअनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ । डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्युवबेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्याङ्कीमा पठाइ त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको बताउनुभयो । डिप ट्युबेलले यहाँको ४० बिघा जमिन सजिलै सिञ्चित गर्नसक्ने उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    विसं २०७७ पुस १७ देखि काम सुरु गरेको उपभोक्ता समितिले तीन वर्ष सात महिना २२ दिनमा डिप ट्युवबेल निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । डिप ट्युवबेललाई कृषि सहकारीमार्फत सञ्चालन गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कावासोती–३ पुरानो बजारका सैयाँैं घरधुरी र आश्रित परिवार सिँचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.