• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री दाहाल

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताउनुभयो । “जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उहाँले भन्नुभयो ।

    उहाँले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताउनुभयो । “अहिले विदेशमा रहेका तीन लाख बढी श्रमिक यो योजनामा समावेश भएका छन्, यो छिट्टै २५ लाखको आसपास पुग्ने अवस्था छ”, उहाँले भन्नुभयो, “विदेशमा गएका मात्र होइन, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न थालेका छौँ, यसले ५० लाख नेपाली कोषमा आबद्ध हुने ढोका खुलेको छ ।”

    नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटरब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ । “वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ”, उहाँले भन्नुभयो, “माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।” उहाँले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गर्नुभयो ।

    “म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु”, उहाँले भन्नुभयो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमीकमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो । “अभियानका क्रममा मात्र होइन, अब माओवादी जनताभन्दा टाढा बसेर दिन बिताउने छैन, जनताको साथमा, घरघरमा पुग्नेछौँ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिका बारेमा जनतालाई प्रशिक्षित गर्दै सुझाव लिनेछौँ ।”

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.