• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

‘दुबुङलाई मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस

  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ । क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको हो ।

    क्याम्पसको सोमबार आयोजित ३७औँ वार्षिकोत्सवका अवसरमा उक्त गाउँसँग मितेरी गाउँका रूपमा सम्झौता गरी प्रमाणपत्र हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापा, दुबुङ टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापा र आमा समूहकी अध्यक्ष भीमकुमारी थापालाई उक्त प्रमाणपत्र प्रदान गर्नुभयो ।

    क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला, संस्कृति र खाद्यवस्तुको संरक्षणमा पनि जोड दिँदै आएको छ । मितेरी गाउँ छनोट उपसमितिका संयोजक हरिसिंह गुरुङले क्याम्पसको छविलाई अझ विश्वसनीय बनाउँदै गाउँलाई एक आकर्षक एवं सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेकोे जानकारी दिनुभयो ।

    सोही अवधारणाअनुसार जिल्लाभरिका २५ विभिन्न गाउँ प्रस्तावित भएकामध्ये ऋषिङ–३ दुबुङ, भानु नगरपालिका–१३ टुटेपानी र व्यास नगरपालिका–१४ रुम्सी स्थलगत अध्ययनका लागि छानिएका थिए । त्यसमध्ये ती गाउँका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारलाई मुख्य मानकका रूपमा निर्धारण गरी दुबुङलाई छनोट गरिएको उहाँको भनाइ छ ।

    नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान, २०४९ (संशोधित २०७९) लाई आधार मानी आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ छनोट गरेको बताइएको छ ।

    क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विसं २०४३ मा स्थापित क्याम्पसले गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको जानकारी दिनुभयो ।

    गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधार, स्थानीय निकायको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा मितेरी गाउँ छनोट गरिएको उहाँको भनाइ छ ।

    मितेरी गाउँ छनोट भएको गाउँमा दिगो पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी काम गरिनेछन् । उक्त गाउँमा जीवन्त पुख्र्यौली पेसा र सीपको संरक्षण साथै अतिथि सत्कार तथा खाना बनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ प्रदर्शनका सीप, जलविहार गाइड, फोहर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक सचेतना, एचआइभी एड्स, गोबरग्यास तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाका आधारभूत स्वास्थ्य समस्या समाधानको क्षेत्रमा सहकार्य गरिने जनाइएको छ ।

    त्यस्तै पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवर्द्धन, वातावरणीय सचेतना, साधारण अङ्ग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्बन्धी अन्तक्र्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय र सहकार्य हुनेछ ।

    त्यसैगरी मितेरी गाउँको विषयगत ‘प्रोफाइल’ निर्माण, पर्यटन सेवाको विविधिकरण, सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध मिलाइने छ । साथै कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्ग, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर सुनिश्चिता गरिने छ । पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्बन्धित पक्षसमक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने जनाइएकोछ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.