• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

खाली जग्गा सदुपयोग गरी कागती खेती

  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो ।

    लम्साल भन्नुहुन्छ, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उहाँको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग हुनुहुन्छ । तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उहाँ भन्नुहुन्छ, “लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।”

    बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेलाई मागअनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताउनुभयो ।

    बर्खाले गर्दा मुख्य पेसा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ । कृषि प्राविधिकसँगको परामर्शबाट कागतीको बिरुवा लगाउनुभएका लम्सालले मनग्य आम्दानी लिन थाल्नुभएको छ । लम्साल भन्नुहुन्छ, “थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।”

    “झाडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिएँ, अहिले कागतीका बोट हुर्कँदैछन्, पोहोरभन्दा यो वर्ष उत्पादन निकै बढेको छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “सबै बिरुवाले पूर्णरूपमा उत्पादन दिन थालेमा धादिङबेँसीको बजारले उत्पादन थेग्न सक्दैन ।”

    कोरोना महामारीकै बेला बिरुवा हुर्काउनुभएका नीलकण्ठ नगरपालिका–१० ज्यामरुङका ईश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ । परीक्षणको रूपमा लगाएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । अघिल्लो वर्ष रु दुई लाखको कागती बिक्री भए पनि यो वर्ष रु चार लाख कमाउने उहाँको लक्ष्य छ ।

    एक सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन सुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि लम्सालले अहिले फेरि ६० बोट कागती थप्नुभएको छ । लकडाउनअघि ठेक्कापट्टाको काम गर्दै आउनुभएका लम्सालले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरिरहनुभएको छ । हालसम्म कागतीमा रु १० लाखबराबरको लगानी भएको लम्सालको भनाइ छ । दाना बिक्री नभएको बेला निचोरेर रस बनाई बेच्ने गर्नुभएको छ । रस निचोरेर बेच्दा लिटरको रु दुई हजारसम्ममा गाउँमै बिक्री हुने गरेको छ ।

    सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले ज्यामरुङका धेरै किसानले व्यावसायिक कागती खेती थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बिएन ढकाल, दिनेशचन्द्र ढकालले गरी करिब दुई हजार बोट कागती लगाउनुभएको छ । अन्य बालीमा बाँदरले अत्यधिक क्षति गर्ने भएकाले पनि ईश्वरी लम्सालले गरेको कागती खेती देखेर आफूहरूले पनि सिकेको उहाँहरूको भनाइ छ ।

    जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिनुभयो ।

    धुनिबेँसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन् । थाक्रे, नेत्रावती र बेनिघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यावसायिक खेतीका रूपमा अघि बढाउन थालेका छन् । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् ।

    कागती खेतीलाई सम्बन्धित निकायले चासो दिन सके मकै, कोदोलागायत बाँदरले हैरान पार्न थालेकाले कागतीको बिरुवा लगाउने कृषकको सङ्ख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको बुझाइ छ । बजारमा कागतीको मूल्य प्रतिकिलो रु दुई सयभन्दा बढी रहेको छ ।रासस

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.