• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

पार्टीभित्र उमेर होइन एजेन्डा हेर्नुपर्छ: केसी

  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र उमेर होइन, एजेन्डा हेर्नुपर्ने बताएका छन् । अहिले भैरहेका गुट उपगुट टुटफुट भएर नयाँ गुट जन्मिने तर अनुभव र उमेरले पाकेका मान्छेबाट मात्रै स्वार्थको नभएर संकल्पको राजनीति हुने बताएका हुन् । अहिलेको समयमा सबैले चाहेका नेता गगन थापा होलान् तर उनको नेतृत्वको अनुभव कम हुने भन्दै पार्टीभित्रको संयन्त्रमा उमेर होइन एजेन्डालाई अगाडि बढाउन जोड दिए ।

    नेपाली कांग्रेस खैरहनी नगर समितिले बुधबार आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले यस्तो सभा सम्मेलनमा बौद्धिक व्यक्तित्वको विचार मन्थन हुनुपर्नेमा जोड दिँदै अहिलेको समस्या उमेर नभएको प्रष्ट पारे । उनले भने ‘जुध्ने र फुट्ने नेता नेता होइन । जहिले पनि व्यक्तिभन्दा महत्वपूर्ण विचार हुन्छ ।’ अहिलेको गठबन्धन सरकारको स्मरण गर्दै नेता केसीले भने, ‘१७ हजार मानिसहरु मर्दा ५ हजार त कांग्रेसकै कार्यकर्ताहरु मारिएका छन् । कति अंगभंग, घाइते छन् ।

    त्यस्ता पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नसक्ने हामी आफैँभित्र मिलेर जान किन सकिन्न ?’ हरेक तह र तप्कामा फरक विचार भएका नेता कार्यकर्तासँग घोचपेचको परिपाटी रहेको कुरालाई इंगित गर्दै उनले भने, ‘अब कांग्रेसलाई कसरी सशक्त बनाउन सकिन्छ भनेर सबैको सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ ।’ समाजमा पिछडिएका तथा दूरदराजमा रहेका आदिवासी, जनजाति, लोपोन्मुख जातजातिका लागि छुट्याइएको समानुपातिक प्रणालीमा नेतृत्वको आसेपासे र भेटी चढाएको भरमा नेतृत्वमा पुगेको कुरालाई इंगित गर्दै केसीले भने, ‘भेटी चढाएको भरमा नेतृत्वमा पुग्ने प्रवृत्तिले दूरदराजमा परिश्रम गर्ने कार्यकर्ताको मन चुँडिएको छ । यो प्रकृयाको म विरोधी हुँ ।’

    नेतृत्व तहका केही नेताहरुसँग भेटेर तस्वीर लिँदैमा उ कांग्रेस हुन नसक्ने तर्क राख्दै केसीले भने, ‘सामाजिक न्यायको पक्षमा गाउँ, नगरका कमिटीमा बसेर काम गर्ने कार्यकर्ताको आचरणलाई चिन्नुपर्छ । त्यो असली कांग्रेसी हो ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धन गलत नभएको जिकिर गरे । अहिलेको संविधान अनुसार गठबन्धन गरेर चुनावमा जानु या चुनावपछि गठबन्धन गरेर सरकार बनाउनु एकै भएको तर्क राखे ।

    चितवनको चुनावमा कांग्रेस हार्नुको कारण तालमेल नमिल्नु भएको भन्दै उनले कमजोरी कहाँ भयो त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । गठवन्धनलाई इंगित गर्दै गुरुङले भने, ‘गठबन्धन अहिलेको आवश्यकता हो, तर पटकपटक एकै ठाउँ विषेशलाई मात्रै टार्गेट गरेर अर्को दलको उम्मेदवारलाई भोट हाल्नुपर्दा चितवन कांग्रेस निराश भएको छ ।’

    अबका दिनमा यो प्रकृया र प्रवृत्ति नदोहो¥याउन उनले आग्रह गरे । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले कांग्रेसले जुन विचार र दृष्टिकोण लियो, त्यसले गर्दा नै कांग्रेस ७५ वर्षसम्म जीवित रहेको बताउँदै आगामी भदौ २३ र २४ गते हुने कांग्रेसको जिल्ला सम्मेलनपश्चात् तीनवटा कार्यक्रम लिएर चितवनका सातै पालिका र ९८ वटै वडामा जाने प्रतिबद्धता जाहेर गरे ।

    सभापति खनालले तल्लो तहमा बसेर काम गर्ने नेता कार्यकर्तालाई माथिल्लो निकायले दिएको म्यान्डेड अनुसार अगाडि बढ्न पनि प्रेरित गरे । नमिलेका मनहरु मिलाएर अगाडि बढ्ने कुरालाई इंगित गर्दै खनालले भने, ‘अर्को सच्चिनु पर्छ भन्दै गर्दा मैले के गरेँ भन्ने पनि आत्मसमीक्षा गर्ने बेला आएको छ । गल्ती जति सबै अरुको हो भन्ने प्रवृत्ति त्यागेर तपाईंहरुले आफूले के गरेँ भन्ने आत्मसमीक्षा गरेर आउनुभयो भने बाँकी म मिलाएर लैजान तयार छु ।’

    पार्टी सशक्तीकरणको कुरालाई जोड दिँदै खनालले भने, ‘पार्टी सशक्तीकरणको आन्दोलन थाल्नुस् त्यसमा मेरो सहयोग रहन्छ ।’ बागमती प्रदेश सभा सदस्य तथा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले सक्किएको कांग्रेस नेता हुने होइन सच्चिएको कांग्रेसको नेता हुन आग्रह गरे । ‘पहिला कांग्रेस सुधार्ने र बलियो बनाएर सरकारमा पठाउने अनि सरकाले जनताको मुहारमा खुशी ल्याउने हो’ जोशीले भने । देशको दूरदराजमा सिटामोल र जीवनजल नपुगेका ठाउँमा स्वास्थ्य सेवा पु¥याउने, शिक्षाको उज्यालो छर्ने, बाटाघाटा नपुगेको ठाउँमा बाटो पु¥याएर विकासमा आमूल परिवर्तन गर्ने कांग्रेसलाई जनतामाझ लैजान जोशीले कार्यकर्तालाई आग्रह समेत गरेका थिए ।

    हिजो विद्यार्थीकालमा नेविसंघको राजनीतिमा हुँदा विभिन्न अस्पतालमा स्वास्थ्य सेवा माग्न गएको स्मरण गर्दै जोशीले भने, ‘अहिले म दिने ठाउँमा छु । त्यसैले प्रदेशको स्वास्थ्यमन्त्री भएपछि प्रदेशभित्रका सबै सरकारी अस्पतालमा जनरल बेड र पार्किङ निःशुल्क गरेको छु ।’ मन्त्री जोशीले चितवनका निजी स्वास्थ्य संस्थामा समेत आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले वडाको सिफारिसमा निःशुल्क उपचार गराउन सक्ने जानकारी दिए ।

    मन्त्री जोशीले हरेक ठाउँमा मन्त्री पुग्न नसक्ने बताउँदै पालिकाका प्रमुख र उपप्रमुखले निजी अस्पतालहरुको अनुगमन गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा खैरहनी नगर सचिव अनुप अधिकारीले सचिवालयको फेहरिस्त प्रस्तुत गरेका थिए भने नगर सभापति गुणराज श्रेष्ठले आगामी कार्यक्रमको रुपरेखा प्रतिवेदन पेश गरेका थिए ।

    नगर सम्मेलनमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्व प्रदेशमन्त्री मिलनबाबु श्रेष्ठ चितवन जिल्ला सहसचिव दिनेश अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.