हेटौंडा । पूर्वपश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएकी छन् । हेटौंडाबाट मनहरी जाँदै गरेको ना ४३ प ७२ मोटरसाईकलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ४६५२ नंबरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा पछाडी सवार एक युवती पनि गम्भिर घाईते भएकी छन् । मृत्यु हुनेमा बारा जिल्लाको रतपुर २ बस्ने सुर्य स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।उनले मोटरसाईकलमा पछाडी सवार १८ वर्षीया विनिता स्याङतान गम्भिर घाईते भएको बताए । स्याङतानको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








