चितवन । नेपाल सन्त समाजको आयोजनामा यही भदौ २३ गते धार्मिक सभा हुने भएको छ । गोवंश रक्षार्थ यो सभा गर्न लागिएको हो ।
गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सभा गर्न लागिएको जनाएको हो । समितिका संयोजक टंकनाथ पौडेलले नेपालको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धि कसुरको दफा २८९ मा गाईगोरु काट्न, मार्न वा कुट्न नहुने भन्ने उल्लेख भए पनि नेपालमा गाई काटेर खाएका भिडियोहरु सामाजीक संञ्जालमा आउनु र राज्यले कारवाही नगर्नुले सभा गर्नु परेको बताउनुभयो । नेपालको मुलुकी ऐनमा लेखिएको कुरालाई सबैले पालना गर्नुपर्ने भन्दै उहाँले यस्ता कार्य रोक्नका लागि सभा आयोजना गर्नु परेको बताउनुभयो ।
सनातनी परम्परालाई खलल पु¥याउन आयातीत धर्मको आडमा गोवंशलाई हत्या गर्नु मिलेर रहेका सबै नेपाी समुदाय बिचमा विखण्डन ल्याउने प्रपन्च भएको उहाँको भनाई छ । उहााले भन्नुभयो “गौहत्यामा संलग्न सबैलाई कानुनी दायरामा ल्याईएन भने सामाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ ।”
समिकिो प्रचार प्रसार उपसमितिका संयोजक प्रेम निधि भारद्धाजले नारायणी नदी किनारमा हुने सभामा चितवन, नवलपुर, नवलपरासी र तनहुँका ९० प्रतिशत सनातन हिन्दु धर्मावलम्बिहरुको भावना अनुसार कार्यक्रम आयोजना गरीएको बताउनुभयो । सभामा १ लाख जना सहभागी हुने अनुमान गरिएको छ ।
धार्मीक सभालाई नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराज, १००८ स्वामी रमणानन्द गिरी महाराज, आचार्य जगन्नाथ शर्मा प्रध्यापक हरिशरण उपाध्ययलगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभा अहिले नवलपुरबाट आउने सहभागीहरुका लागि भृकुटी चोक, पश्चिम चितवनबाट आउने सहभागीका लागि बेलचोक, पूर्बी चितवन र माडीबाट अउानेहरु चौबिसकोठी र तनहु उबं मुग्लिनबाट आउनेहरु पोखरा वसर्पाकवाट ¥यालि सहीत सहभागी हुने छन् ।








