• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा राखेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन् । स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

    कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुष्कर महर्जनले भरतपुरको भ्रमण वर्ष बागमती प्रदेशको समेत भ्रमण वर्ष भएकाले यसलाई सफल बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने बताउनुभयो । नेपालमै भौतिक निर्माणमा अग्रणी रहेको भरतपुरमा भ्रमण वर्षमा पर्यटक भित्रिँदै गर्दा यहाँको आर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ थियो । भारतीय पर्यटक भित्र्याउनेमा आफूहरु लागिरहेको भन्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारमा लाग्नुपर्ने बताउनुभयो ।

    सोही समयमा बागमती प्रदेशले समेत भ्रमण वर्षको आयोजना गरेकाले यहाँको गतिविधिले समग्र प्रदेशलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षमा विदेशी पर्यटकलाई समेत भित्र्याएर ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । पालिकास्तरमा पहिलोपटक भ्रमण वर्ष मनाउन लागेको भन्दै उहाँले कसरी हुन्छ पर्यटक भित्र्याउनेमा सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

    चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर मात्रै पठाउने गरी तयारी थालेको उहाँले बताउनुभयो । ऐतिहासिकस्थल दियालो बङ्गला खुल्ला गरी हेर्ने वातावरणका लागि गृहकार्य भइरहेको भन्दै उहाँले ठोरी भन्सार नियमित सञ्चालन गरेर भारतीय पर्यटक भित्र्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिनुभयो । महानगरले भ्रमण वर्ष मनाउँदै गर्दा प्रमुख सडक मर्मत गरिने भन्दै उहाँले राष्ट्रियस्तरका गतिविधिहरु भरतपुरमा केन्द्रित गर्न सबैलाई आग्रह गर्नुभयो । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सातवटा मुख्यसहित ३० वटा गन्तव्य रहेको भन्दै भ्रमण वर्षको तयारी तीव्र रुपमा भइरहेको बताउनुभयो ।

    प्रदेश र सङ्घसँग समन्वय गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समिति बनाएर काम गरिएको उहाँको भनाइ थियो । महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिक ३० हजार पर्यटक भित्रिने गरेको भरतपुरमा यो सङ्ख्या दुई लाख पु¥याइने बताउनुभयो । विश्वका ५२ राष्ट्रमा भ्रमण वर्षका बारेमा जानकारी गराइएको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न सुझावहरु दिनुभएको थियो । सन् २०२४ को जनवरीबाट डिसेम्बरसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष मनाइँदै छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.