• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

सकियो “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०”

  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्च र चितवन उद्योग संघ युवा उद्यमी मञ्चको संयुक्त आयोजना र महिला सिर्जनशिल केन्द्रको सहकार्यमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि शुरु भएको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को एक कार्यक्रमका बीच समापन गरिएको छ ।

    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतमा सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभएको एक्स्पोको दोश्रो दिन उद्यमशीलतामा विविधता सम्बन्धी सेमिनार सहितको उद्यमी सम्मेलन भएको थियो । चितवन उद्योग संघ महिला उद्यमी सदस्य एवम् साँस्कृतिक कार्यक्रम संयोजक अम्बिका धितालले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

    एक्स्पोका अन्तिम दिन चितवन तथा आसपास जिल्लाका महिला उद्यमीहरु बीच भएको “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षक तीज गीत प्रतियोगितामा सहभागी ६ समूहलाई पछि पार्दै नवलपुर उद्योग संघ, महिला उद्यमी मञ्च, नवलपुर प्रथम हुन सफल भएको छ । त्यस्तै तीज गीत प्रतियोगितामा चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनी द्वितीय, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, कालिका तृतीय र उद्यमशिल महिला समूह, रत्ननगरले सान्त्वना स्थान हासिल गरेका छन् ।

    प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहलाई रु २०,०००, रु १५,०००, रु १०,००० र रु ५,००० प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी अन्य दुई समूहरुलाई रु २००० का दरले प्रदान गरिएको कार्यक्रम संयोजक एवम् महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश सदस्य सिता कँडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवका द्धितीय उपाध्यक्ष उपेन्द्र देवकोटा (गोर्खाली) निर्णायकको भूमिकामा रहनु भएको थियो ।

    प्रतियोगिताका निर्णायकहरुले सुर, ताल, लयमा २० अंक, प्रस्तुतिमा २० अंक भेषभुषामा २० अंक, गीत र नृत्यको तालमेलमा २० अंक र शब्द संयोजनमा २० अंक गरी १०० अंकको आधारमा निर्णय गरेका थिए ।विशेष साँस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रममा वाद्यवाधकतर्फ सुरज बज्राचार्य, दानु गुरुङ र अभिषेक घर्ती मगरले साथ दिएका थिए । एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु लगायतका ५२ वटा स्टलहरु रहेका थिए ।

    चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.