मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित नाम्सिखोला पुलमा सुख्खा पहिरो खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर पहिरो खसेको हो ।
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध रहेको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिरोमा ढुङ्गा खस्ने क्रम जारी रहेकोले पहिरो पन्छाउन समस्या भैरहेको छ ।








