• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

वैदिक आर्युवेदका सञ्चालक चक्रपाणीको कथा :मार्केटिङको जागिरले बनायो चक्रपाणीलाई उद्योगी

  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् । यहाँका एक युवा आयुर्वेद औषधिको बजारीकरण (मार्केटिङ) को काम गर्दागर्दै आफै उद्योगी बनेका छन् । भरतपुर महानगरपालिका–६ गीतानगर निवासी चक्रपाणि न्यौपाने त्यस्तैमध्ये एक हुनुहुन्छ ।

    उहाँले केही समय आयुर्वेदको मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्नुभएको हो । विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिनुभएका न्यौपाने विसं २०४२ मा परिवारसहित चितवनको गीतानगर झर्नुभयो । स्थानीय कलेजबाट स्नातकसम्म अध्ययन गरेपछि उहाँले एशियन हर्बल उद्योगका सामान मार्केटिङ गर्न थाल्नुभयो । पच्चिस वर्षको उमेरमा काम थाल्नुभएका न्यौपानेमा चार वर्ष मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो ।

    आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित रु २० लाख हाराहारीको लगानीमा उहाँले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योग सुरु गर्नुभयो । विस्तारै उद्योगबाट उत्पादित औषधि खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा टहरा निर्माण गरेर न्यौपानेले उद्योग सार्नुभयो । नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि. सञ्चालन गर्दैै आउनुभएका उहाँले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गर्नुभयो । न्यौपानेले भन्नुभयो “आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ ।”

    उहाँले थप्नुभयो “एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।” उत्पादन र मार्केटिङ पनि आफै गर्दै आउनुभएका न्यौपानेले उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । रु. २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले रु पाँच करोडभन्दा बढी लगानी पुगेको छ ।उहाँले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गर्नुभएको थियो । सुरुवाती चरणमा सात वटा औषधिभ उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । उहाँले भन्नुभयो “सुरुवाती चरणमा खर्च मात्रै चल्ने गरी कारोबार हुन्थ्यो ।”

    विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले भन्नुभयो, “सुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवनसहित काठमाडौँ, बुटवल, ईटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।” अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उहाँले बताउनुभयो ।उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ (जडीबुटी) नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो । वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडाँैं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उहाँले जोड दिनुभयो, “हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौँ ।”

    बीस जनाभन्दा बढीलाई रोजगारी दिनुभएका उहाँले भन्नुभयो “कति कमाएँ भन्ने गौण विषय हो, धेरैलाई चुलोे बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।” एलोपेथीको उपचार गर्दागर्दै जीवनबाटै निराश भएकासमेत आफूकहाँ आएर निको भएको उहाँको जिकिर थियो छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले उहाँको भनाइ थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.