• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुल्ला गर्न आग्रह

  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ऐतिहासिक महत्वको यहाँको दियालो बङ्गला क्षेत्र भरतपुर भ्रमण वर्षमा खुल्ला गर्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने र सोही अवसरमा विसं २०२६ मा राजाका लागि निर्माण गरिएको बङ्गाला सर्वसाधरणका लागि खुला गर्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखी भरतपुर भ्रमण वर्षको अवसरमा यहाँ आउने पर्यटकका लागि खुल्ला गरिदिन आग्रह गरेको हो ।

    महानगर प्रमुख रेनु दाहालले ट्रष्टको कार्यालयलाई पत्राचार गरिएको बताउँदै मौखिकरुपमा भएका कुराकानी सकारात्मक रहेको बताउनुभयो । ट्रष्टसँग यस विषयमा कुराकानी भइरहेको उहाँले बताउनुभयो । नेपाल ट्रष्टको कार्यालय प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । प्रमुख दाहालले ट्रष्ट स्वयम् वा सञ्चालनको जिम्मा महानगरपालिकालाई दिएर जुन विधिबाट सञ्चालन गर्दा पनि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षमा दियालो बङ्गलाभित्रको दरबार क्षेत्र पर्यटकका लागि खुल्ला हुनेमा म विश्वस्त छु ।”

    स्वदेशी र विदेशी पर्यटक भित्र्याउने गरी महानगरले विभिन्न गतिविधि अघि बढाएको छ । नेपाल ट्रष्टको कार्यालयका सहसचिव एबं प्रवक्ता दीपकराज नेपालले महानगरको पत्र प्राप्त भएसँगै छलफल अघि वढेको बताउनुभयो । दरबार निकै पुरानो भएकाले एकैसाथ धेरै मानिस प्रबेश गर्दा जोखिमको अवस्था अध्ययन गरेर खुल्ला गर्न ट्रष्टको कार्यालय सकारात्मक रहेको उहाँको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा दरबारलाई ‘रेट्रोफिटिङ्’का लागि बजेटसमेत बिनियोजन गरिसकेको छ ।

    नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको गुल्मले दरबार क्षेत्रलाई सुरक्षा दिएको छ । दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । विसं २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्यमध्येमा थियो । विसं २०४६ देखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आउनुभएका देवीबहादुर कार्की राजपरिवारको रमाउने ठाउँ दियालो बङ्गला भएको बताउनुभयो ।

    तत्कालीन समयमा राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्याे । राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा महेन्द्रको निधन पनि यही दरबारमा भएको र पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले दरबारको महत्व धेरै छ । पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण हाल नेपाल ट्रष्टले गरिरहेको छ ।

    कार्कीका अनुसार हाल पाँचजना कार्यालय सहयोगीले बंगलाको रेखदेख गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । कार्कीका अनुसार १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ ।

    दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर पनि छ । साथै सो क्षेत्रमा ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल पनि छ । ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । कूल ५७ बिघा १३ कट्ठा सात धुरमा क्षेत्रफलमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ ।

    बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ । इकाइमा कार्यरत अर्का कार्यालय सहयोगी दानबहादुर ढकालले जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेको स्मरण गर्नुभयो । दरबार क्षेत्रलाई विगतको जस्तै रहने गरी सरसफाइ र सुरक्षामा ध्यान दिइएको छ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.