• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

व्यवस्थित पशु बधशालाप्रति महानगरको चासो

  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । महानगरपालिकाभित्र व्यवस्थित पशु बधशाला निर्माणका लागि भरतपुर महानगरले चासो देखाएको छ । महानगरपालिकाभित्र रहेका पशु बधशाला व्यवस्थित नभइरहेको अवस्थामा बधशाला व्यवस्थित गर्न महानगरले तयारी थालेको हो । उपभोक्ताको गुनासो बढेसँगै महानगरले उपप्रमुख चित्रसेन अधिकारीको संयोजनमा सात सदस्यीय ‘पशु बधशाला व्यवस्थापन कार्यदल’ गठन गरेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुखसहित पशु बधशाला रहेका वडाका वडाध्यक्षहरु सदस्य रहने गरी कार्यदल गठन गरिएको कार्यदलका संयोजक अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार समितिले महानगरभित्र कति पशु बधशाला छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनसँंगै व्यवस्थित पशु बधशाला निर्माणका लागि उचित स्थानमा जग्गाको व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । बजार अनुगमन समितिको संयोजकसमेत रहनुभएका अधिकारीले पशु बधशाला अनुगमनका क्रममा बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार कुनै पनि बधशाला नरहेका बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पशु अधिकार, क्वारेन्टिन र स्वास्थ्य परीक्षण नगरी पशु बध गर्ने गरेको पाइएको छ ।” महानगरको घनाबस्ती र मुख्य बजारी क्षेत्रमा धेरै मात्रामा पशुको बध गरिँदै आइएको जनाउँदै उपप्रमुख अधिकारीले अनुगमनका क्रममा बधशालाको सरसफाइ र व्यवस्थापन राम्रो नभएको पाइएको जानकारी दिनुभयो । “नारायणगढ बजारका पशु बध गरेर निस्किएको फोहोरलाई पुङ्गी खोलामा विसर्जन गर्ने गरिएको पाइएको छ”, उहाँले भन्नुभयो, “यसलाई रोक्नका लागि बधशाला व्यवस्थापन आवश्यक रहेकाले सो कार्यमा लागेका छौँ ।”

    पशु बधशालाको स्थापना र सञ्चालनका लागि बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था, बिरामी पशु राख्ने अलग्गै स्थान, बध गरेपछि रगत निथोर्ने, छाला काढ्ने, खुइल्याउने, मासु सफा गर्ने, आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

    मापदण्डअनुसार पशु बध गरिसकेपछि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेसन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेम्ड मिट) तह लगाउने स्थान, आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था, बध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको, पशु बधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको हुनु पर्नेछ ।

    त्यस्तै, बधशालाका लागि पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, बध गरिने र मासु परीक्षण गर्ने स्थानको भुइँ सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको, मासु सुरक्षित राख्नका लागि आवश्यक शीत भण्डारको व्यवस्थालगायत नियम पशु बधशाला तथा मासु जाँच नियमावलीमा उल्लेख गरिएको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.