• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

देवघाट आश्रममा भेटिनुभएका बाबुको छोराछोरीले नसम्झँदाको गुनासो

  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उहाँ निकै निराश हुनुभएको थियो । बाटो हेर्दै गर्नुभएका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै । उहाँले भन्नुभयो, “छोराछोरीको कमाइको के आश गर्नु ।” तीन भाई छोरा र दुई छोरी काभ्रेमा रहे पनि उहाँ श्रीमतीको निधन पछि आश्रममा बस्न थाल्नुभएको थियो ।

    कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो । देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आउनुभएका उहाँलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश हुनुभयो । श्रेष्ठले भन्नुभयो, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ ।

    देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आउनुभएका काठमाडौँका शङ्करबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताउनुभयो । पहिलापहिला कुशेआँैसीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधन पछि उहाँ पनि एक्लो हुनुभयो । माया गर्ने माइली छोरीको समेत निधन भएपछि शङ्करबहादुर काठमाडौँको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आउनुभएको हो । त्रीहत्तर वर्षीय उहाँका एउटा छोरा र चार छोरी छन् ।

    छोरासँग सम्पर्क नभएको छ वर्ष भएको गुनासो गर्दै शङ्करबहादुरले भन्नुभयो, “बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ ।” “छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागे पनि कसैले नसम्झँदा निरास बनायो”, उहाँले थप्नुभयो, “छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्झिएको । कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैप¥यो ।” आश्रममै रहनुभएका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ । आश्रममा आएको दुई वर्ष भयो ।

    जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिनुभएका उहाँले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गर्नुभयो । “छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो । सबै आ–आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ ।” अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ”, बिजयबहादुरले भन्नुभयो, “चार्ड पर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन् ‘बा’ भन्छन् “ सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु ।”

    लामो समय आश्रममा बिताउनुभएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुई छोरीका बाबु हुनुहुन्छ । उहाँलार्ई जीवन भनेको नै सङ्घर्ष हो भन्ने लाग्छ । छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताउनुभएका ९२ वर्षीय बविलालले भन्नुभयो, “सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ । अहिले आनन्द छ ।” औँसीमध्ये कुशेआँैसी एक विशेष र महत्वपूर्ण तिथि हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् ।

    कुशेआँैसी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ । यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन् । बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरि यथासक्य सिदालगायत अन्य दान गर्छन् ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.