• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । यसपटक भने गैँडाकोटमा जल, जमिन र जंगलको महत्त्व दर्शाउन १३ वटा समूहले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका १३ संरक्षणमुखी वन र खानेपानी संस्था÷समूहबीच घम्सा–घम्सी भएको थियो । केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए । केहीले भने ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए । प्रकृति संरक्षण तथा जैविक विविधताका लागि फेमिली क्याफे गैँडाकोट ४ मा भएको ‘जल, जमिन, जंगलको संरक्षण ः सफा र सुन्दर पर्यावरण’ विषयक तीज गीत प्रतियोगितामा जयश्री सामुदायिक वन प्रथम हुन सफल भएको छ ।

    गैँडाकोट पम्पीङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वितीय भएको छ । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तृतीय हुन सफल भएको छ । सान्त्वना पुरस्कार नारायणी सामुदायिक वनले प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले जानकारी दिनुभयो ।

    समुदायलाई नै सक्रियता गराउन सहमति संस्थाको आयोजनामा हुन लागेको तीज गीत प्रतियोगितामा विजय एफएम १०१.६, गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था गरी एक दर्जन बढी संस्थाले सहकार्य गरेका थिए । कार्यक्रममा बोल्दै गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

    कार्यक्रममा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, पूर्व नगर प्रमुख छत्रराज पौडेल समेत पुग्नुभएको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुषाल, जयश्री बनका अध्यक्ष टोलनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राख्नुभएको थियो । कार्यक्रममा सहमतिका पूर्व अध्यक्ष एवं गैसस महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्मा, पूर्व अध्यक्ष करुणासागर सुवेदी, नगर प्राज्ञ प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेल लगायतको उपस्थिति रहेको थियो ।

    सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायीका बसन्ती थापाको बेजोड प्रस्तुती रहेको थियो । तीजगीत प्रतियोगितामा सहमतिका कार्यकारी निर्देशक हरिप्रसाद सापकोटा र विजय एफएमकी प्रस्तोता पवित्रा पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.