• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

निश्चित आवश्यकताबिना एमालेलाई संविधान संशोधन स्वीकार्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष पोखरेलले संविधान संशोधनको आवश्यकता पुष्टि भए एमालेले त्यसमा सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

    “संविधान संशोधन हुन्छ तर त्यसको आवश्यकता पहिचान र औचित्य पुष्टि हुनुप¥यो”, पोखरेलले भन्नुभयो, “तर आवश्यकता र आधारबिना देशलाई क्षति हुने संविधान संशोधनको कुरा नेकपा एमालेलाई स्वीकार्य हुँदैन । त्यसको पक्षमा पार्टी छैन ।” त्यसैगरी उहाँले प्रदेश र स्थानीय तहको अधिकारका सवालमा नमिलेका कुरा मिलाउन भने संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभयो ।

    संविधानसभा अध्यक्ष स्व नेम्वाङले नेपाली राजनीति र संविधान निर्माणमा खेलेको भूमिकाबारे जति चर्चा गरे पनि अपूरो हुने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा छ सय एक जनप्रतिनिधि र भिन्न पृष्ठभूमिका राजनीतिक दललाई मिलाएर संविधान जारी गर्न नेम्वाङको अतुलनीय योगदान रहेको स्मरण गर्नुभयो । “देशलाई अनिश्चितताको भूमरीबाट जोगाउन स्व नेम्वाङले खेलेको भूमिकाकै कारण नेपालमा गणतान्त्रिक नेपालको संविधान जारी भएको हो ।

    नब्बे प्रतिशतभन्दा बढी संविधानसभा सदस्यलाई सहमतिमा ल्याएर संविधान निर्माणलाई अन्तिम रूप दिनुभएका नेम्वाङको निधनले नेपाली राजनीति र हाम्रो पार्टीलाई अपुरणीय क्षति भएको छ”, पोखरेलले भन्नुभयो । कार्यक्रममा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले स्व नेता नेम्वाङले विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षड्यन्त्र परास्त गर्न खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताउनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.