• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताउनुभएको छ । केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताउनुभयो ।

    पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उहाँले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताउनुभयो । उहाँले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    उहाँले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय सदस्यमा अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौँ), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दीपक केसी, (काठमाडौँ), धनबहादुर कार्की (दोलखा) र धर्म शाही (मुगु) मनोनित गरिएको छ ।

    पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा नन्द बञ्जाडे (काठमाडौँ), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुङ्गाना (काठमाडौँ), लङ्क हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासीपूर्व), शिवकुमारी खनाल (काठमाडौँ), शैलेन्द्र उपाध्याय (रूपन्देही) र सुदेश पराजुली (काठमाडौँ) केन्दीय सदस्यमा मनोनित गरिएको उल्लेख छ । त्यसैगरी पार्टीले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

    सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्यूरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरेको छ । पार्टीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.