• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’का क्रममा उहाँले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताउनुभएको छ ।

    “चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ” निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने उहाँको भनाइ छ । ऐन संशोधनका बारेमा प्रधानमन्त्रीसहित सिङ्गो मन्त्रिपरिषद् सहमत भएको उल्लेख गर्दै उहाँले स्वास्थ्य र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधि राखेर ऐनमा सुधार गर्नुपर्ने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

    स्वास्थ्य र शिक्षालाई जनताको आधारभूत आवश्यकता मात्र नभई मौलिक हकसँग जोडिएको उल्लेख गर्दै उहाँले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सरकार क्रियाशील रहेको बताउनुभयो । “गरिब, विपन्न, वृद्ध, बालक, निमुखालाई कसरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सकिन्छ भनेर स¬ङ्घीय अस्पतालमा तीन हजार ५२३ शय्या निःशुल्क गरिएको छ”, उहाँले भन्नुभयो, “बागमती र मधेस प्रदेशले त्यहाँका जनतालाई सेवा दिन प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरेको छ । विस्तारै सबै प्रदेशमा यो अभियान अगाडि बढाउँदै छौँ ।”

    मन्त्री बस्नेतले सबै खाले अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने विषयलाई कार्यान्वयनमा लगिएको छ । दरबन्दी कम हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको स्वीकार गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक पाएको बताउनुभयो । “केही भएन भने सूर्तीजन्य पदार्थमा लगाइएको कर चाहियो, उक्त करबापत अर्बौ रकम उठ्छ, तर जम्मा रु ४० करोड दिइएको छ”, उहाँले भन्नुभयो, “उक्त शीर्षकमा उठेको कर प्राप्त भयो भने क्यान्सर रोगीको उपचारमा खर्च गर्ने र बाँकी रकमले दरबन्दी सिर्जना गर्न सकिन्छ ।”

    राप्तीमा ‘जेरियाट्रिक’ विषय अध्यापन

    राप्ती स्वास्थ्य विज्ञान प्रष्तिष्ठानले ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रतिष्ठानले सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर पाठ्यक्रम तयार गरेको छ । प्रतिष्ठानका निर्देशक एवं ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले नेपालमा हालसम्म नेपालमा जेरियाट्रिक विषयमा ‘एमडी र फेलो’ कार्यक्रम नरहेको अवस्थामा राप्तीले पहिलो पटक जेरियाट्रिक विषय अध्यापन गराउन लागेको जानकारी दिनुभयो ।

    पछिल्ला समयमा नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ । ज्येष्ठ नागरिकको सङ्ख्याको तुलनामा विषेशज्ञ चिकित्सिकको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ । नेपाल मेडिकल काउन्सिलमा जम्मा आठ जना ज्येष्ठ नागरिक रोग विशेषज्ञ दर्ता भएका छन् । नेपालमा कार्यरत जेरियाट्रिक चिकित्सकको सङ्ख्या तीन जनामा मात्र रहेको छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.