• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को आज यहाँ विमोचन गर्दै उहाँले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।

    “रामायण, महाभारत तथा पुराणले भाषा, साहित्य र संस्कृतिको विकासमा मात्र योगदान गर्दैन, यसले व्यक्तिमा धार्मिकता, अध्यात्मिकता, सामाजिकता, नैतिकता, कर्मशिलता तथा सादा जीवन उच्च विचारको विकासमा पनि टेवा पुर्याउँदछ”, उहाँले भन्नुभयो, “अझ राम नामबाट शान्ति र शक्ति प्राप्त हुने जनविश्वास हिन्दू समाजमा परापूर्वकालदेखि रही आएकै छ । त्यसैले रामायणको अझ बढी महत्व छ ।” उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताउनुभयो ।

    “भानुभक्तले रामायणमा केही मौलिकता थप्दै सामान्य नेपाली जन–जीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा प्रस्तुत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “संस्कृतबाट अनुवाद गरिए पनि यो ग्रन्थ पाठ गर्दा मौलिक ग्रन्थ पढे जस्तो अनुभव हुने गर्दछ ।

    मूल रामायणको घटना तथा विषयको अनुवादमा भानुभक्तले प्रयोग गर्नु भएको भाषाको सरलता, लालित्य तथा माधुर्यताका कारण यो नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय भएको हो ।” उहाँले काव्यमा हुनुपर्ने तीन गुण (लालित्य, सरलता र विचारको मौलिकता) भानुभक्तको प्रसिद्ध रामायणलगायत अरू फुटकर कवितामा समेत पाइएको उल्लेख गर्दै भन्नुभयो, “भानुभक्तकृत नेपाली रामायण व्यासकृत अध्यात्म रामायणको स्वतन्त्र तथा छोटकरी लेखन हो । यसमा नेपाली भाषामा लेखिएका चार चरणका हजारभन्दा बढी श्लोक छन् ।”

    उपराष्ट्रपति यादवले भानुभक्त रामायणको पाठ गर्दा नेपालीपनको अभास जो कोहिले पनि सजिलै गर्न सक्ने बताउनुभयो । “ठाउँ–ठाउँमा यसको नेपाली शैली रुचिकर त छदै छन् अझ अब यो गीति सङ्ग्रहमा आएपछि धेरैका लागि यो झनै रुचिकर बन्ने विश्वास पनि लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणको रसिलो र सजिलो श्लोक पढ्दा मक्ख पर्ने पाठक अब छन्दबद्ध तथा लयबद्ध गीति सङ्ग्रह श्रवण गर्न पाउँदा झनै हर्षित हुने छन् ।”

    नेपालीको ह्रदय–ह्रदयमा भक्तिरस भर्न सफल भानुभक्तको कृतिलाई सङ्गीत र सुरिलो स्वरको माध्यमबाट स्रोतासम्म पु¥याउनु एउटा सत्कर्म पनि भएको उहाँको भनाइ छ । “गायिका तथा सङ्गीतकार भट्टराईद्वारा सङ्गीत तथा स्वराङ्कन गरिएको गीति सङ्ग्रहको यो संस्करण छन्दबद्ध, कर्णप्रिय, मौलिक र श्रवणयोग्य भएकाले भानुभक्त रामायण थप नेपाली माझ पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ । यसले सदाचारमा प्रवृत्त हुने तथा दुराचारबाट टाढा रहने प्रेरणा प्राप्त हुन्छ ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.