• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता

  •   आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

    उहाँले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताउनुभएको थियो ।

    सभाुमख घिमिरेले भन्नुभयो, “नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ ।” उहाँले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराउनुभयो ।

    विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरु उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो । “विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ हामीले अहिलेसम्म भोगेको सबैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–१९ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गर्न चाहन्छु ।”

    सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको बताउनुभयो । उहाँले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता अभिवृद्वि गर्न महासचिव गुटेरेसले चाल्नुभएको कदमको स्वागत गर्नुभयो ।

    सभामुख घिमिरेले भन्नुभयो, “नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ, तपाईंको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन् ।” त्यस भेटका अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार बताउनुभयो । साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । रासस 

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.