• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिसस मकवानपुरद्वारा जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु

  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरले शुक्रबारबाट जिल्लाका स्थानीय तहहरुमा अनुगमन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक अन्तरगतको अनुगमन जिल्लाको पुर्वी बागमती गाउँपालिकाबाट सुरु गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले स्थानीय तहहरुमा नीती, कार्यक्रम तथा बजेट पारित भए अनुसार कार्यान्वयनको अवस्था, उपभोक्ता समिति गठन, लागत अनुमान लगायत, कोरोना भाइरस (कोभिड–१९) ले पारेको प्रभाव, रोकथामका लागि अवलम्बन गरेका उपाएका बारेमा छलफल गर्नुका साथै विभिन्न योजनाहरुको अनुगमन समेत गरेको छ । यस्तै टोलीले जिससको मौजदात कोषको रकमबाट सञ्चालित र चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाका सम्बन्धमा छलफल तथा अनुगमन गरेको प्रमुख खुलालले जानकारी दिए । अनुगमन टोलीलाइ गाउँपालिका अध्यक्ष सर्केश घलाननले चालु आर्थिक वर्षका लागि चालु तर्फ १५ करोड ५१ लख १४ हजार र पूँजीगत तर्फ १६ करोड ४१ लाख २५ हजार गरी कुल ५३ करोड २९ लाख ८५ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी दिए । टोलीलाई जानकारी दिँदै अध्यक्ष घलाननले हालसम्म गाउँपालिकाबाट ऐन, नियम, कार्यविधि गरि ४७ वटा तयार गरेको बताए । यस्तै उनले हालसम्म २६० जनाको कोरोना परिक्षण गरिएको मध्ये स्थानीय दुईजना र बाहिरका दुईजना गरी ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले गाउँपालिकाले कोरोना भाइरसका सन्र्दभमा क्वारेन्टाईन सञ्चालन गरेकोमा अब १० बेडको क्वारेन्टाईन तयार गर्न लागेको समेत बताउनुभयो । यस्तै अध्यक्ष घलानले अनुगमन टोलीलाई स्थानीय तहमा विकास निर्माणका काममा वन कार्यालय बाधक बनेको गुनासो गरे । विकास निर्माणका कामा अनावश्यक रूपमा वन कार्याललयले हस्तक्षेप गर्ने गरेको गुनासो गरे । त्यस्तै उनले प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनका सन्र्दभमा विभिन्न जिल्ला धाउनु पर्ने, प्रदेश सरकारबाट कार्यान्वयन हुने कार्यक्रमका बारेमा स्थानीय तहलाई अन्त्यमा मात्र थाहा हुने जस्ता समस्या रहेको गुनासो गर्नुभयो । यस विषयमा जिल्ला समन्व्य समितिबाट समन्वयको अपेक्षा गरेको अध्यक्ष सर्केश घलाननले बताउनुभयो । यस्तै उहाँले बालमैत्री गाउँपालिका बनाउने उदेश्यका साथ काम सुरु गरेको भन्दै बालमैत्री गाउँपालिका बनाउन जिससलाई सहयोग गर्न आग्रह समेत गरे । अनुगमनका क्रममा जिसस प्रमुख खुलालले बालमैत्री गाउँपालिका घोषणा गर्ने सन्दर्भमा जिससबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कोभिडका सन्दर्भमा समुदायमा विभिन्न नकारात्म प्रबृतिहरु बढेकोले त्यसको नियन्त्रण गर्न सुझाव दिए। उनले कोरोना भाइरस बिरुद्ध समुदायमा सकारात्मक सन्देश प्रबाह गर्न सुझाव दिए । यस्तै प्रमुख खुलालले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न र शुसासनका क्षेत्रमा ध्यान दिन समेत गाउँपालिकालाई सुझाव दिएका छन् । उनले अघिल्लो वर्षको तुलनामा गाउँपालिकाले धेरै कुरामा सुधार गर्दै गएको समेत बताए । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिकी उपाध्यक्ष धनमाया स्याङ्तान, सदस्यहरु सिता अधिकारी, सरिता बिश्वकर्मा, नायब सुब्बा उपेन्द्रनाथ पोख्रेललगायतको सहभागिता थियो ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.