हेटौँडा । शनिबार हेटौँडामा राप्रपा निकट युवाहरुको भेला सम्पन्न भएको छ। भेलाले सन्दिप थापाको अध्यक्षतामा ३१ सदस्य नयाँ युवा संगठन कार्यसमिती गठन गरेको छ। मुरारी पौडेलको सभाध्यक्षता तथा राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा युवा संगठन केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले,हेटौँडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा,युवासंगठन जिल्ला अध्यक्ष सुक्रराज प्रजा ,राप्रपा निकट महिला संगठन अध्यक्ष बालकुमारी डल्लाकोटी लगायतकाको उपस्थिति रहेको थियो।साथै कार्यक्रम मार्फत कांग्रेस,नेकपा पारीत्याग गरी केही युवा राप्रपामा प्रबेश गरेका छन्।नव प्रवेशीलाई जिल्ला अध्यक्ष मधु अधिकेरीले खादा तथा अबिर लगाइ स्वागत गरेका थिए।








