चितवन । शनिवार नेपाल विधुत प्राधिकरण चनौलि वितरण केन्द्रद्धारा वितरीत लाईन ३ घण्टा अवरुद्ध हुने भएको छ । नेपाल विधुत प्राधिकरण चनौलि वितरण केन्द्रले एक सुचना जारी गर्दै भरतपुर महानगरपालिका वडा नम्वर १८ भिमनगर चोकमा ११ के.भि लाइन सुधार गर्नु पर्ने भएकाले शनिवार बिहान १० बजे बाट दिउँसो १ बजे सम्म लाइन अबरुद्ध हुने जनाएको छ ।
भिमनगर चोक आसपास, रामपुर-सारदानगर आसपास, पार्वतीपुर- जगतपुर आसपास, चनौलि बजार शुक्रनगर आसपास र दिब्यनगर आसपासका क्षेत्रहरुमा लाइन अबरुद्ध हुने सुचनामा भनिएको छ ।
साथै तोकिएको समय अगावै काम सकिएमा विधुत सप्लाइ छिटो हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।








