हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ९ पशुपतिनगर सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएको छ । इलाका प्रहरी कार्यलय पशुपतिनगर नजिकै मोडमा ना ६ ख १३५७ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनमा परेको ट्रकका चालक र सहचालक सामान्य अवस्थामा रहेका छन् । हेटौंडाबाट सिमेन्ट बोकेर सर्लाही तर्फजाने क्रममा मोटरसाईकललाई जोगाउँदा ट्रक अनियन्त्रित भई दुर्घटना भएको ट्रकका चालकले बताए । मोडमा तिब्रगतिको मोटरसाईकल जोगाउँन खोज्दा ट्रक दुर्घटना भएको प्रत्यक्षदर्शिको भनाई छ ।








