हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालको सरुवा भएको छ ।उनको प्रमुख जिल्ला अधिकारीको रूपमा बारा सरुवा भएको बुझिएको छ। प्रजिअ नेपालको बारा सरुवा भएसँगै मकवानपुरको सिडिओमा दाङमा सिडिओ गोविन्द प्रसाद रिजाल आउने भएका छन। २०७६ चैतको पहिलो साता मकवानपुर प्रजिअको कार्यभार सम्हालेका नेपालको ७ महिनामै सरुवा भएको हो।








