चितवन । चितवनमा प्रहरीले लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका–७ आदर्शटोल बस्ने ३० वर्षीय मिलन तामाङलाई लागुऔषध सहित बुधबार नियन्त्रणमा लिएको हो ।
शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले खानतलासी गर्दा उनको साथमा डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरी जम्मा ५९३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध सहित तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








