चितवन । “आफ्नो टोल आफै सफा राखौ“ भन्ने अभियानको साथ भरतपुर महानगरपालिका वडा नं. १०ले आज बृहत सरसफाई गरेको छ । वडा नम्बर १० कार्यालयको आयोजनामा वडाका विभिन्न टोल विकास समिति , प्रहरी, सेक्युरीटी गार्ड, आमा समुह लगायतको सहभागितामा सरसफाई गरिएको हो ।
वडा अध्यक्ष परमेश्वर खनालले, वडाका सम्पूर्ण कर्मचारी साथीहरू,स्याउली बजार टोल सुधार समिति साथै वडा स्तरीय आमा समूह , पृथ्वी टोल बिकास समिति , गढी सेक्युरिटी जिल्ला प्रहरी कार्यलयका प्रहरी लगायतको सहभागितामा सरसफाई गरिएको जानकारी दिनुभयो ।
यसरी सरसफाइ गर्दा समाज एवं टोलमा सकारात्मक सन्देश जाने र भरतपुर भ्रमणबर्षलाई समेत टेवा पुग्ने खनालको भनाई छ । सरसफाइ अभियानमा सहभागी हुनेलाई धन्यवाद दिंँदै खनालले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।









