चितवन । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले चितवनमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । काठमाडौं, पोखराबाट सेवा बिस्तार गर्दै आएको उक्त कम्पनीले चितवनमा सेवा बिस्तारको योजना अगाडि बढाएको हो । ग्राहकहरुले आफूहरुलाई मन परेको खानेकुराहरु अनलाइनबाट नै मगाउन सक्नेछन् ।
छोटो समयमा नै ग्राहकको मन जित्दै आइरहेको कम्पनीले चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरूवाट खानेकुराहरु घर अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइन मार्फत डेलिभरको सुबिधा रहेको कम्पनीका ब्रान्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाहरुमा सेवा सुबिधा सहित बिस्तार गर्न लागिएको हुँदा यसले लाखौं ग्राहकहरुको मन जित्ने कम्पनीका प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताउनुभयो ।
स्थापना भएको १३ बर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्मले देशभरका होटल रेस्टुरेन्टहरुसंग सम्झौता गरेको छ । फुडमाण्डुले आफै खाना बनाउदै रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकहरुले मोबाइल एप, वेबसाईट र फोन मार्फत खाना अर्डर गर्न सक्नेछन् ।
फुडमाण्डुसंग एक हजार भन्दा रेस्टुरेन्टहरु आबद्ध छन् । चितवनमा सेवा बिस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा फुड सफारी कोड प्रयोग गर्दा ३० प्रतिशत रु ५ सय सम्म छुट दिने घोषणा गरेको छ ।








