चितवन । भरतपुरमा हावाहुरी र मेघ गर्जनसहित वर्षा भएको छ ।
आज सोमबार साँझ मेघ गर्जनसहित वर्षा भएको हो । लामोसमयदेखि पानी नपर्दा मकैसहित किसानले लगाएका तरकारी सुक्न लागेका थिए ।
बढ्दो वायु प्रदूषण र गर्मी बढ्दै गइरहेको समयमा पानी पर्दा नागरिकले राहतको महसुुस गरेका छन् ।








