• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ ।

    सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर परेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयवासी बताउँछन् । “दिनानुदिन आँप व्यापारीहरुले सडक क्षेत्र मिचेका छन् । यसले गर्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको जोखिम बढिरहेको छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले भन्नुभयो, “व्यापारीलाई हामीले कारबाही गर्न मिल्दैन । स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी पालिकाको भएकाले लहान नगरपालिकासँग समन्वय गरी सवारी आगमन सहज बनाउन पहल गरिरहेका छौँ ।”

    स्थानीय व्यापारीहरु भने आँप खरिद बिक्रीका लागि व्यवस्थित ठाउँ नतोकिँदा सडक पेटीमै बसेर बिक्रि गर्न बाध्य भएको बताउँछन् । “आँप बिक्री गर्ने उपयुक्त ठाउँ तोकिएको भए त्यहाँ राखेर बिक्री गर्नुहुन्थ्यो । सडक पेटीमा बसेर आँप बेच्न नगरपालिकालाई कर तिरिरहेका छौँ,” स्थानीय व्यापारी रविन महतोले भन्नुभयो । उहाँले नगरपालिकाले व्यवस्थित ठाउँ बनाई दिए सहज हुनेसमेत बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ सुरु गरिएको छ ।

    आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ तथा बजारीकरण गरी लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादीरहित शुद्ध आँप उपभोग गर्ने वातावरण मिलाइरहेको नगरपालिकाले जनाएको छ, तर स्थानीय बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी, उपभोक्ता तथा यात्रुले समस्या खेप्नु परेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताउनुभयो । “नजिकै खाली जग्गा नहुँदा समस्या भएको छ,” प्रमुख हलुवाईले राससलाई भन्नुभयो, “व्यवस्थित बजार बनाउन सम्भव भइरहेको छैन ।

    हामी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उपाय खोजिरहेका छौँ । अहिले आँप खरिद बिक्रि भइरहेको ठाउँलाई पनि सडक क्षेत्रमा असर नपुग्ने गरी कम्तीमा दश फिट पछाडि सार्न सकिन्छ । त्यसका लागि पहल गरिरहेका छौँ ।” लहान बजारको उत्तरतर्फ खुट्टीखोला किनारमा नगरपालिकाले लामो समयदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक साताको सोमबार र शुक्रबार दुई दिन हाटबजार लाग्ने सो स्थान बढ्दो जनघनत्वसँगै साँघुरो भएको हो । त्यसैले पूर्व—पश्चिम राजमार्गमा तरकारी तथा आँप व्यापारीले सडक ढाक्ने गरेको स्थानीयवासी सन्तोष गुप्ताको भनाइ छ ।

    नगरप्रमुख महेशप्रसाद चौधरीले पकेट क्षेत्रका रुपमा उत्पादन हुने लहानको आँप बजारलाई व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो । “हामीसँग राजमार्ग क्षेत्रमा सार्वजनिक जग्गा अभाव छ । निम्नवर्गका सर्वसाधारणले सडक क्षेत्रमै साना व्यवसाय गरेर आयआर्जन गर्ने गरेकाले व्यवस्थापनमा चुनौती देखिएको छ,” मेयर चौधरीले भन्नुभयो, “तसर्थ चाँडै सडकक्षेत्र मिचिएर राखिएका आँपको व्यवस्थापनका लागि ठोस नीति बनाएर उचित विकल्प दिने गरी अघि बढ्छौँ ।”

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.