• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्छः मन्त्री श्रेष्ठ

  •   बुधबार, असार ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समयसापेक्ष रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । स्काउटको ७३ औँ स्थापना दिवसको सन्र्दभमा आज यहाँका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा बढाउन ‘डिजिटल स्काउटिङ’ बनाउनुपर्ने सुझाव दिनुभयो । प्रमुख स्काउटसमेत रहनुभएका मन्त्री श्रेष्ठले परिवर्तन आत्मसात् गर्दै स्काउटको मूल्यमान्यता भने यथावत राख्नुपर्ने बताउनुभयो । समाजमा निःस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उहाँले सुनाउनुभयो ।

    “स्काउटको मूल्यमान्यता नै निःस्वार्थ सेवा हो, जुन अहिलेसम्म स्काउटले जीवित राख्दै आएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो । समयको मागअनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेको ‘प्रकृतिसँग नजिक’, र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले स्काउटमार्फत समाजमा रहेका विकृति, विसंगती हटाउन, विपद् व्यवस्थापन गर्न र सभ्य समाज निमार्णका लागि आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउँदै आएकामा प्रशंसा गर्नुभयो ।

    यद्यपि सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्तिमा स्काउट सहयोगी बन्न जरुरी रहेको उहाँको सुझाव थियो । मन्त्री श्रेष्ठले अब छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजनामा छलफल चलाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारको बजेटमा एक लाख युवा परिचालन गर्ने भनेर करिब रु दुई अर्ब बजेट व्यवस्था गरिएको छ, स्काउटका युवाको नेतृत्व विकासका लागि आवश्यक छलफल गरेर कार्ययोजना बनाउँछौँ ।” कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

    उहाँले सरकारले अनुदानमा दिएको रु सात करोडमध्ये चालु आवमा करिब ७० प्रतिशत रकम खर्च भइसकेको जानकारी दिनुभयो । उहाँले सातवटै प्रदेशमा स्काउटका गतिविधिको प्रतिवेदनसमेत मन्त्री श्रेष्ठसमक्ष बुझाउनुभएको थियो । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले युवा तथा बालबालिकालाई अनुशासित बनाउने, सभ्य समाज, युवा नेतृत्वको विकास, अन्तर्राष्ट्रियस्तरमा नेपाली छवि उजिल्याउनेलगायत कार्यमा स्काउटले अहम् भूमिका खेल्दै आएको बताउनुभयो ।

    उहाँले सङ्घीय संरचनाअनुसार स्थानीय तहमा समिति गठन गर्न थालिएको पनि जानकारी दिनुभयो । नेपाल स्काउटद्वारा दर्जनौँ व्यक्ति सम्मानित यसैबीच कार्यक्रममा दर्जनौँ व्यक्तित्वलाई सम्मान गरिएको छ । ‘सुनौलो गैँडा’ पदकबाट आठ जना, ‘रुपौला कटुस’ बाट सात, ‘प्रशासनीय आचरण’ पदकबाट १६, ‘दीर्घ सेवा’ पदकबाट ४२ र ‘एपीआर फोटो अवार्ड’ बाट एक जनालाई सम्मान गरिएको हो । सुनौैलो गैँडा पदक पाउनेमा भुवन सुब्बा, भक्त राजभण्डारी, अनिता मानन्धर, रुक्मिणी श्रेष्ठ, देवराज घिमिरे, शिवराज अर्याल, शिवबहादुर भण्डारी, शारदा पराजुली, कमलबहादुर देउजा हुनुहुन्छ ।

    त्यस्तै, ‘रुपौला कटुस’ पदकमा सकुन्तला सुब्बा, निर्मला अधिकारी, उमा सुवेदी, बेली थापा, जहरसिंह थापा, काशीराम जैसी, चन्द्रकला पन्त, प्रशासनीय आचरण पदक पाउनेमा रवि खनाल, नवलप्रसाद उपाध्याय, गङ्गाप्रसाद मैनाली, नारायण कार्की, भुवन चरण श्रेष्ठ, सङ्गीता मिश्र, विमला श्रेष्ठ, सुरज खनाल, सुचिता सैँजु, लिला श्रेष्ठ, शिवकुमार त्वायना, मैयाँ त्वानावासु, प्रेरणा शाक्य, केशरत्न बज्राचार्य, सागर पौडेल, दीनानाथ भट्टराई हुनुहुन्छ ।

    योगेन्द्र भुजेलले एपीआर फोटो अवार्ड प्राप्त गर्नुभयो भने विभिन्न जिल्लाका ४२ जनाले दीर्घ सेवा पदक ग्रहण गर्नुभएको थियो । लाजिम्पाटस्थित नेपाल स्काउटको कार्यालयमा गरिएको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतले सम्मानीत हुनेहरुलाई प्रमाणपत्रसहित पदक हस्तान्तरण गर्नुभएको थियो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.