• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

लालीगुराँस सहकारीको सात अर्बभन्दा बढी अपचलन, अध्यक्षसहित चार जना पक्राउ

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ, चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको सहकारीका अध्यक्ष काठमाडौँ चुनदेवीका अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचौरका सुरेन्द्र भण्डारी, कोषाध्यक्ष काठमाडौँ लाजिम्पाटका अमृतकुमार अर्याल र सहकारीका सदस्य काठमाडौँ चाबहिलका कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

    प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २२ जिल्लामा २६ वटा शाखा विस्तार गरी प्रत्यक्ष चार हजार ५२८ सहित २२ हजारभन्दा बढी सर्वसाधारणको साढे छ अर्ब रुपियाँ अपचलन गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । सर्वसाधारणलाई आकर्षक ब्याज तथा आवश्यक परेका बेला सबै रकम र ऋणसमेत दिने प्रलोभनमा पारेर बचत गर्न लगाएको बचत रकम अनियमितता गरेर सहकारी सञ्चालक एक वर्षदेखि सम्पर्कविहीन थिए ।

    प्रहरीले सिइओ भण्डारी शुक्रबार राति बालुवाटरस्थित एक विदेशीले सञ्चालन गर्ने होटलमा रहेको सूचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा अन्य चार जनालाई पनि पक्राउ गरेको जनाएको छ । अन्य पाँच जना फरार रहेकाले खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बचतकर्ताको रकम हिनामिना गरी सिइओ भण्डारीसहित सहकारीका पदाधिकारीले घरजग्गा, पशुपालन तथा दुग्ध प्रशोधन कम्पनीमा लगानी गरेको पाइएको छ । पीडितको उजुरीपछि प्रहरीले २०८० चैत ३० ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.