• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ । तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन् । कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ । महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए ।

    “विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो”, सुनारले भन्नुभयो–“यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ ।” करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुई तले सुरक्षित घर बनाएको हो । सेनाले उक्त सुरक्षित घर आज दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको हो । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।

    नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । “बाढीका बेला ज्यान जोगाउन सुरक्षित घरको धेरै महत्व हुन्छ”, उहाँले भन्नुभयो–“भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ ।”

    उपरथी श्रेष्ठले तटीय क्षेत्रको बस्तीलाई प्राथमिकतामा राखेर सेनाले सुरक्षित घर निर्माण गरेको बताउनुभयो । सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन् । स्थानीय खड्के बुढाले भन्नुभयो– “बाढीका कारण धेरैले ज्यान गुमाएका छन्, सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश छ ।” बाढीका काण खेतीयोग्य जग्गा मासिदै गएको उहाँले बताउनुभयो । यसको दीर्घकालीन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्ने बुढाको माग छ ।

    “बाढीले बस्तीको २०औँ बिघा जमिन बगायो”, उहाँले भन्नुभयो–“वर्खामा सधैँ ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था थियो, अब त्यो हट्नेमा आशावादी छौँ ।” जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ । “बाढीका बेला महिनौँसम्म स्थानीयवासी घर छाडेर आफन्तकहाँ बस्नुपरेको थियो”, उहाँले भन्नुभयो–“सेनाद्वारा निर्मित सेफ हाउसले अब मान्छे मात्र होइन पशु र धनमाल जोगाउन पनि सहज हुने भयो ।” बयालीस परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो ।

    यो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराउनुभएको हो । झण्डै ६० जना अटाउने क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए । यहाँ दाृत निकाय र नगरपालिकाको आर्थिक सहयोगमा सेफ हाउस निर्माण सुरु गरिए पनि त्यो अझै पूरा हुनसकेको छैन् ।

    दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाउनुभयो । “भौगोलिक विकटताकाबीच सेनाले ढुङ्गामा सामान ल्याएर तीन महिनामै सेफ हाउस बनाएको हो”, उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो–“ दातृ निकायले सुरु गरेको सेफ हाउस अझै अधुरै छ ।” कुतियाकवरवासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पूर्वाधारसित जोडिदा केही सहज भने भएको बताउनुभयो ।

    श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङग ठकुरीले रु २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।“ सेनाको रु १५, नगरपालिकाबाट रु पाँच लाख र बाँकी निर्माण व्यवसायीलगायत स्थानीय सहयोगबाट भवन बनेको हो ।” उहाँले भन्नुभयो–“बाढीलगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौंँ ।” कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.