• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा

  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभयो । सो अवसरमा सचिव डा पोखरेलले भन्नुभयो, “ गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यस लक्ष्यलाई परियोजनाले थप सहयोग गर्ने छ ।

    दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भूमिका अग्रणी छ ।” फाउण्डेशनका बोर्ड सदस्य एवं प्रमुख कार्यकारी अधिकृत डा तारियामले भन्नुभयो, “ फाउण्डेशनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारी मार्फत नेपालमा आँखा उपचार सेवा गर्न समुदायमा पुग्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौँ ।”

    सङ्घका अध्यक्ष प्रा डा पन्तले भन्नुभयो, “ परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौ ।” कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा उपचार सेवामा सङ्घले गरिरहेका काम एवं परियोजनाबारे जानकारी दिनुभएको थियो ।

    उन्नत प्रविधि टेलिअफ्थाल्मोलोजी ‘टेलिमेडिसिन’ र ‘टेलिअफ्थाल्मोलोजी’ले विद्युतीय सञ्चार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ । बिरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रूपमा टाढा भएता पनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउने कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो । उहाँका अनुसार यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधि मार्फत निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एवं उत्कृष्ट बिरामी सेवा प्रवाहलाई जोड दिनेछ ।

    सङ्घका अनुसार नेपालमा करिब ६८ लाख मानिस कुनै न कुनै आँखासम्बन्धी समस्यायाबाट ग्रसित छन् । परियोजनाको अन्त्यमा सङ्घद्वारा सञ्चालित १५ आँखा उपचार केन्द्रमार्फत करिब चार लाख ३३ हजार बिरामीलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैगरी ८२ हजार आँखाका बिरामीलाई टेलिअफ्थाल्मोलोजीमार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने छ । परियोजनाले १५ नेत्र सहायक र छ नेत्ररोग विशेषज्ञलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउँदै समुदायलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

    साथै परियोजनाले थप १५ आँखा उपचार केन्द्र र दुईवटा विशिष्टिकृत अस्पताललाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ । परियोजनाले दिगो विकासका लक्ष्यहरू ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने महासचिव चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “टेलिमेडिसिनको प्रयोगले स्वास्थ्य सेवा प्रदान गर्दा लाग्ने लागतलाई उल्लेखनीय रूपमा कम गर्दै र गुणस्तरीय आँखा उपचार सेवामा सुधार गर्ने छ । यसले समुदायको आर्थिक वृद्धिलाई सुनिश्चित गर्ने छ ।”

    यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनसमते सहयोग पुर्याउने अपेक्षा समेत लिइएको छ । युएई केन्द्रित फाउण्डेशनले विश्वव्यापी रूपमा रहेको अन्धोपनालगायत आँखासम्बन्धी विभिन्न समस्याको रोकथाम गर्ने उद्देश्य प्राप्तिमा तल्लीन रहेको जनाइएको छ ।

    यसैगरी सङ्घले कुल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५७ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.