• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ ।  यहाँको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै उहाँ २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरुङ १७ वर्षपछि पुनः सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

    उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६४ चैत १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित हुनुभएको थियो ।

    सो अघि विसंं २०७० को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७९ मा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलको गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले हराएर निर्वाचित हुनुभएका उहाँ २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट १९ हजार पाँचसय दुई मतकासाथ विजयी हुनुभएको थियो । पिता गङ्गाप्रसाद र माता चिनी गुरुङका कोखबाट २०१४ फागुन १ गते लमजुङमा जन्मनुभएका पृथ्वीसुब्बा २०३४ देखि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

    काठमाडौँस्थित अमृत साइन्स क्याम्पसबाट २०३४ सालमा स्नातकोपाधि हासिल गरेपछि आफ्नै गाउँ गिलुङमा रहेको हालको बुद्धोदय माध्यमिक विद्यालयमा उहाँले सात वर्ष प्रधानाध्यापकका रुपमा शैक्षिक उन्नयनका निम्ति सेवा गर्नुभएको थियो । विसंं २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित हुँदै विसं २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो ।

    विसं २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी समाल्नु भएका गुरुङले विसंं २०६० मा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनुभयो । त्यस्तै, २०६१ देखि २०७० सम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभयो भने २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति विभाग इञ्चार्जका रूपमा काम गर्नुभयो । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित तथा २०६५ मा पार्टी पोलिटब्यूरो सदस्यमा निर्वाचित भयो ।

    विसं २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा समेत रहनुभयो । विसं २०७१ मा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित तथा विसं २०७२ देखि पार्टीको केन्द्रीय सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा समाल्दै विसंं २०७५ नेकपाकालमा स्थायी कमिटी सदस्य नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा २०७८ मङ्सिर १०–१४ मा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित हुनुभयो । उहाँले पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ ।

    आफ्नो जीवनको करिब पाँच दशक राष्ट्र र जनताको सेवामा समर्पण गर्नुभएका मन्त्री गुरुङ सङ्घीयता, आदिवासी जनजाति आन्दोलन र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा परिचित हुनुहुन्छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.