चितवन । तरङग नाट्य समुह चितवनले आफु स्थापित भएको छोटो समयमा नै नाट्य क्षेत्रमा उत्कृष्ट छलाङ मारेको छ । चितवन जिल्लामा नाटक प्रर्दशनको लागि उपयुक्त थिएटर समेत नभएको अवस्थामा थिएटर निर्माणलाई पहिलो प्राथामिकता राखेर स्थापना भएको यो समुहले आफनो शुरुवाती समयमा नारायणी कला मन्दिरको साथमा रहेर घरको माया नाटक प्रर्दशन गरिसकेको छ ।
कक्षा १० का विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा नै समाबेश रहेको सो नाटकबाट थप ज्ञान प्राप्त होस् भन्ने उद्धेश्यले सो नाटक मन्चन गरेको हो । चितवन र नवलपुर जिल्लाका २४ विद्यालयले नौ दिन सम्म चलेको सो नाटक प्रर्दशनीबाट आफना विद्यार्थीहरुलाई ज्ञान प्रदान गराएका थिए । मोफसलमा समेत नाटक प्रर्दशनबाट केही परिर्वतन गर्न सकिन्छ भन्ने संन्देश दिएको सो नाटकले आगामी दिनमा अगाडी बढ्ने हौसला थपेको समुहका अध्यक्ष देव कुमार श्रेष्ठ बताउछन् ।
नाटक घरको मायाको प्रर्दशनी पछि सो समुहले चितवन र आसपासका युवा तथा विद्यार्थीहरुलाई नाट्य क्षेत्रमा पोख्त बनाउन ७ दिन सम्म नि:शुल्क प्रशिक्षण गराएको छ । विद्यार्थीह्रुको फुर्सदको समयलाई सदुप्रयोग हुने गरि संचालन भएको प्रशिक्षणमा काठमाडौको मण्डला थिएटरबाट प्रशिक्षक राज न्यौपाने र उज्वल राज ढकालको नेतृत्वमा प्रशिक्षण दिएको हो । चितवन र आसपासका जिल्लाबाट ३५ भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिममा तरङग नाट्य समुहले नारायणी कला मन्दिर , चितवनका ३ वटा लायन्स क्लव र नारी उत्थान केन्द्रको साथ लिएको थियो ।
दुई सत्रमा संचालन भएको सो तालिममा १४ विद्यालयले आफना २८ जना विद्यार्थीलाई दिउसो र अन्य ईच्छुक युवाहरुलाई विहानी समयमा प्रश्क्षिण गराईएको थियो । ७ दिन सम्म चलेको सो तालिमको साउन ५ गते एक कार्यक्रमका बिच समापन गरिएको हो । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मी प्रमुख अतिथि रहनु भएको समापन कार्यक्रममा प्रमुख अथिति रेग्मीले चितवन जिल्लामा नाटक क्षेत्रमा तरङगले साचै नै तरङग फैलाएको बताउदै नाटक लेख्न र त्यसलाई प्रर्दशन गराउनु ग्राहो विषय भएको बताउदै यो क्षेत्रमा लाग्ने संष्टा कम हुने बताउनु भयो । साथै उहाँले आगामी दिनमा प्रतिष्ठानल तरङगसंग हातेमालो गरे नाट्य क्षेत्रलाई अगाडी बढाउने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अथितिद्धय भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजन र भरतपुर २ का वडा अध्यक्ष मनोज रानाभाटले नाटक मार्फत सचेतना मुलक शिक्षा दिन सजिलो हुने हुदा सो कार्यमा सधै संगै रहने प्रतिवद्धता जनाउनु भएको थियो । लायन्स क्लव भरतपुरका अध्यक्ष सन्तोष मजाकोटी, चितवन प्रोफेशनलका अध्यक्ष निषेश अघिकारी , राष्टिय लोक दोहोरी प्रतिष्ठानका उपाध्यक्ष बसन्त लामा , नारायणी कला मन्दिरकी पुर्व अध्यक्ष गायत्री श्रेष्ठ लगायतको आतिथ्ततारहेको कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठको अध्यक्षयता रहेको थियो । तालिम समापन तथा सहयोगी संस्था सम्मान कार्यक्रममा तरङग नाट्य समुहले तयार पारेको ४ वटा नाटकको समेत प्रर्दशनी गरिएको थियो ।









